म जाली स्याङ्जाली!
सरकार मलाई जाली स्याङ्जाली घोषणा गरियोस्। विभिन्न काल्पनिक कथा, चुट्किला, चुट्का तथा गितहरुमा स्याङ्जाली जाली र निकै बाँठा भएको सुन्न पाइन्छ ।
एउटा कपोलकल्पित कथा होला सायद म पोखराबाट काठमाडौ बसमा जाँदै गर्दा दायाँबायाँ दायाँ म स्याङ्जाली र बायाँ पट्टि पाल्पाली साथी संयोगले भेट हुनुभयो। उहाँ म गफमा रमायौँ उहाँ टियुमा आफू पढ्ने कुरा जानकारी गराउँदै भन्नुभयो- सर हजुर कहाँबाट ? म पोखराबाट भनेर भुँइमा भनाइ खस्न नपाउँदै उहाँले गाउँघर कहाँ होनि हजुरको भनिहाल्नु भयो । म स्याङ्जाली हुँ। भन्दैमा हामी एकाआपसमा हेर्दै अबोध हाँसो हास्यौँ। मलाई लाग्यो यो हाँसो यसै फुत्किएको हाँसो हो। अनि तपाईं त जाली फटाह स्याङ्जाली पर्नु भएछ। आफै खुत खुताउदै साथी हास्नुभयो। म भने अन्जान दृश्यमा अवाक हुँदै उहालाई हेरे। म एकछिन सन्नाट भएर नबोली बसे ।उहाँको हासो रोकिएपछि मैले भने हामी स्याङ्जा बासी जाली हैनौ स्याङ्जामा लि प्रत्यय जोडिएको यसैमा मान्छेहरु मजाक गरएका हुन यसको गलत अर्थ नबुज्नु ल !
मैले मधुर आग्रह गरे सर खितिखिती हासेको हासेइ हुनुभयो! आफुले स्याङ्जालि सम्बन्धि थुप्रै ट्रोल भिडियो हेर्ने सुन्ने गरेको कुरा बताउनु भयो। एउटा त सेभ गरेकै छु भनेर देखाउनु भयो। उक्त भिडियोमा एक जना स्याङ्जालि साथिले आफू स्याङ्जालि भएकै कारणले नेपालमा त के अमेरिका नि रुम पाउन नासकेको कुरा बताउनु भएको थियो। हेरेर निकैबेर हासौँ !
उहाँले दमौली बजार कट्नै लाग्दा स्याङ्जालि कै प्रसङ्ग कोट्याउनु भयो। भन्नुभयो भन्दै हासो छुट्छ हामी अहिले बसमै छौँ । उहाँ हासो खप्नै सक्नु भएन। एउटा कथा छ सर! उहाले भन्नुभयो। उम मिथ्या कथा छ त्यो। म अन्जान चेहरामा प्रस्न गरे।
हामी एउटै सिटमा छौ कथा बसको यात्रा कै छ। साथिले दबाब दिएरै भएनी प्रसङ्ग घुमाउन मान्नुभएन। भन्नू भयो सुनौ हौ स्याङ्जालि र झापालिको कथा।
म मन्टो हल्लाए भन्नुभयो तपाईंलाई देखेर लाग्दैन जाली स्याङ्जालि! तर यो कथा सुनौँ
दबाबमै भएनी म कहानी सुन्न तयार भए, एकपटक झापाली र स्याङ्जा बाजेहरु काठमाडौ सङै एउटै सिटमा पर्नु भएछ स्याङ्जालि साथी निकै चतुर हुन्छन भन्ने झापालि साथिलाई अनुमान त थियो नै तर यतिसम्म चतुर्याइँ नहोला भन्नी सम्झेर झापाली र स्याङ्जालि गफमा झुम्मिदै रातृकालिन बसमा काठमाडौ जाँदै थिए रे उतिबेला गफको रनभुलमा झापाली साथी निदाएपछी उक्त झापाली साथिको औंठा छाप नेपाली कागजमा स्याङ्जा साथिले उतारेर आफ्नो नाममा मालपोत जग्गा बनाएछन किनकि स्याङ्जाको साथी प्रसासनिक रुपमा निजामती कर्मचारीमा पनि अब्बल पहिले देखिनै हुन खासगरी स्याङ्जा , गुल्मी यो कुरा झापालि पत्तै नपाएको र बिहान उठेर हातमा हेर्दा छाप को दाग र स्याङ्जा साथी टाप देखेपछि निकै अतालिनु अतालिएर पछि बुझ्दै जाँदा जग्गा स्याङ्जालि साथी ले आफ्नै नाममा बनायो रे! यो सुनाउदैँ साथी फोक्सो नै बाहिर आउला झै हासिदियो। पछि अबदेखि साथी स्याङ्जालि परेमा बसमा औठाँ मुठिमा बाँधेर निदाउनु भन्ने शन्देस अपवाह को रुपमा फैलियो रे! म हास्नु कि नहास्नु भए मुसुक्क मुस्काए मात्रै ।
भलै रमाइलोको लागि हो यो कहानी मिथ्या नै हो तर स्याङ्जालि साथी बौद्धिक चतुर हुन यो मान्छु जाली हैनन के लाग्छ?
म पाल्पाली साथिलाई सोधपुछ गरे उ सहमत हुन मान्दै मानेन। म लोकसेवा तथा प्रशासनिक क्षेत्रमा प्रवेस गर्नेमा, अब्बल स्याङ्जालि कुल देसभरी नै पछिल्लो अपडेटमा हेर्नेहो भने करिब 5% नै छन। साथि धैर्यताका साथ सुनिरह्यो ताकी बौद्धिक चतुर्याइँ हुन जरुरी छ तर मिथ्या कहानी र ट्रोल रमाइलोको लागि मात्रै हुन भन्दै बसपार्क उर्लेर चिया पिउने र गफगाफमा रमाएयौँ ।के लाग्छ स्याङ्जा लि साच्चिकै जाली हुन्त ? यो मिथ्या हैन र?
हो सरकार मलाई स्याङ्जालि जाली घोषणा गरियोस!
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक







लेख राम्रो छ अझै पढ्न पाइयोस्
धन्यवाद