चीनको हेबई प्रान्तमा बाढीबाट २९ को मृत्यु, १७ लाख विस्थापित

हिमालय टाइम्स
Read Time = 1 min

बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पुर्याएको छ ।

भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ । चीनले बाढीको क्षतिपछि पुनर्निर्माण गर्न करिब दुई वर्ष लाग्न सक्छ।

चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ । यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ ।

चीनको केन्द्रीय सरकारले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि कूल ७ अर्ब ७ करोड युआन निकासा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?