दिल्ली । अन्तिम तथा निर्णायक खेलमा भारतलाई ८ विकेटले हराउँदै वेस्टइण्डिजले भारतविरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । जितका लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइण्डिजले १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइण्डिजको जितमा ओपनर ब्रेन्डन किंगले ५५ बलमा पाँच चौका र ६ छक्कासहित ८५ रनको सानदार पारी खेल्नुभयो ।
निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ र कायल मेयर्स १० रनमा आउट हुनुभयो । शाई होपले १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट पारी खेल्नुभयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित ६१, युवा ब्याटर तिलक बर्माले १८ बलमा ३ चौका र २ छक्कासहित २७ बाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् ।
वेस्टइण्डिजका बलर रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिनुभयो । स्पिनर अकिल हुसेनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिनुभयो । जेसन होल्डरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच