काठमाडौं । रेडियन्ट पब्लिकले दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो सफलता पाएको छ । रेडियन्ट सिनियर ब्वाइज र गल्र्स दुवैमा विजयी भयो । बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा रेडियन्टले राइजिङ स्टारलाई ३५-१२ ले पराजित गर्यो । रेडियन्टको जितमा रविन्द्र क्षेत्रीले आठ अंक योगदान गर्नुभयो । सिनियर गल्र्समा दिव्यांशा कार्कीको २० अंक सहयोगमा रेडियन्टले पिपुल्स एकेडेमीलाई ३०-११ ले हरायो ।
सिनियर ब्वाइजमा द एक्सेल्सियर स्कुलले एनआइसी एकेडेमीलाई २८-२७, हेम्सले स्वर्णिमलाई २७-२५, ब्राइट होराइजनले एस्फोडेललाई ४६-१८, नेरिक एकेडेमीले एलआरआई ४०-१४ र ग्रिनल्याण्डले काठमाडौं भ्याली, छाउनीलाई ४२-१२ ले पाखा लगायो ।
एक्सेल्सियरका रुसिप मुनिकारले १५, हेम्सका हेमन्त राजवंशीले १०, ब्राइट होराइजनका ज्योतिष शाहीले १२, नेरिकका सुशल खत्रीले १९ र ग्रिनल्याण्डका प्रवीण गुरुङले २२ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा काष्ठमण्डपले एलआरआईलाई २९-१३, ब्राइट होराइजनले स्वर्णिमलाई १७-११ र न्यु जेनिथले हेम्सलाई २७-१४ ले पन्छायो । काष्ठमण्डपकी रिया राईले १७, ब्राइट होराइजनकी कविता लामाले ५ र न्यु जेनिथकी राइशा सिंहले १३ अंक जोड्नुभयो । जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागरले काठमाडौं भ्याली, छाउनीमाथि १२-४ को जित दर्ता गर्यो । विजेताका सन्दिप गुरुङले चार अंक बटुल्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच