बर्दिया । बर्दियामा धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
बर्दियाको बढैयाताल गाँउपालिका-१ सानो डाँफे निवासी ५१ बर्षीय कृपाल सुनार आफनै श्रीमतिको हत्याको आरोपमा पक्राउ परेका हुन ।
बिहीबार दिउँसो आफ्नै घरदेखि करिब ५ सय मिटर दूरीमा रहेको जुहारीलाल एरीको धान खेतमा घाँस काटिरहेको अवस्थामा ४० वर्षिय केसकुमारी विकलाई उनका श्रीमानले पछाडिबाट धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।
घाँस काटिरहेको अवस्थामा धारिलो हतियारले पछाडिबाट घाँटीमा प्रहार गरिएको र त्यसपछि घाँटी थिचेर हत्या गरिएको बोहराले बताउनु भयो । हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले कृपाल सुनारलाई नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच