जंगली हात्तीले धान बाली नष्ट

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिका-४, सागरनाथमा किसानले लागेको धान खाएर सखाप पारेको छ । दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर बाली धान नष्ट गरिरहेको छ ।

थाल भाँडा ठटाउने र आगो बाल्ने गर्दा पनि हात्तीहरु अटेरी भई धान खाइदिने गरेको स्थानीय किसानहरुले बताएका छन् । यसरी बारम्बार देखापरिरहने हात्तीले त्यहाँका किसानले लगाएको धान बाली नष्ट गरिरहेको छ । हात्तीले सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथलगायत क्षेत्रमा किसानले लगाएको बालीनाली नष्ट गर्दै आइरहेको छ ।

ADVERTISEMENT

सर्लाहीमा केहि दिन अघि आएका हात्तीले ईश्वरपुर नगरपालिका-४, सागरनाथमा दुई जानको घर समेत भत्कायको छ । टिकी माया गोले र शोम माया घिसिङको घर भत्कायको स्थानीय समाज सेबी धनलाल गोलेले जानकारि दिनु भयो । दिन भरि सागरनाथ र बाँके जंगलमा बस्ने र रात परेपछि किसानको अन्नबाली खाइदिने, घरका बेराघेरा भत्काउने जस्ता उभद्रो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?