काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएको छ ।
आईतवार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको बैठकपछि बोल्दै काँग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग गर्नु नभएकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने पक्षमा काँग्रेस रहेको बताउनुभएको हो ।
उहाँले नेकपा एमालेले पनि सांसद शर्माले राख्नुभएको अभिव्यक्ति असंसदीइ नभएकाले हटाउनु नपर्ने बताउनुभएको जानकारी दिनुभयो । उहाँले सांसद शर्माले सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैले सदन अवरुद्ध भइरहेको छ, डा. सुनिल शर्माले बोलेको विषय रेकर्डबाट हटाउनुपर्ने हो की होइन ? त्यो लिगल हो की होइन भन्ने कुरामा छलफल गरेको छौँ । प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले अब सरकारले उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म अघि बढ्न सक्दैनौँ भन्नुभयो, लामो समयसम्म त सदन अवरुद्ध गर्नु हुँदैन, सुनलि शर्माजीको रेकर्ड पनि हटाउनुपर्छ जस्तो लाग्दैन भन्नुभयो । समिति सभापतिहरुको चयन चाँडो गर्नुपर्ने, सकेसम्म चाँडो निकास निकाल्न प्रयास गरिरहेको भन्नुभयो । संसदलाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो । शर्माले यो सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न रहेछ । त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली काँग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन । माओवादीले आज कुनै कुरा राखेन ।’
सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताउनु भयो । बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरु मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राख्नुभएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच