सिन्धुली । दुधौली नगरपालिका–२ मा अवस्थित मधुगंगा महादेव मन्दिरको दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भारतको सितामाडी घर भएका ३५ वर्षका सुनील कुमारको मन्दिर जाने क्रममा ओरालो बाटो हिँड्दा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । मृतक कुमार १० वर्षीया छोरासहित छिमेकीहरूसँग तीर्थयात्राका यहाँ आएका थिए ।
यात्रुवाहक बसमा शनिबार दुधौली आइपुगकाे हुन् । मन्दिर जाने क्रममा आधा बाटो पैदल हिँडेपछि चौतारामा बास बसेर आइतबार बिहान मन्दिर दर्शन गर्न पैदल हिँडेर जाँदा मन्दिर नै नपुगी बाटोमा नै उनको मृत्यु भएको हो । मृतकको शव दुधौलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा राखिएको छ ।
मधुगंगा मन्दिरमा साउन महिनाभरि बोलबम मेला लाग्ने गर्दछ । त्यस बाहेकको समयमा पनि यहाँ देश विदेशबाट दर्शन गर्न आउने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच