सेयर बजार थप सुस्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो ।

यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ । सूचकका साथमा कारोबार रकम पनि कमजोर बनेको छ ।

यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?