अनेसास नेपालको अध्यक्षमा राजेन्द्र केसी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नेपाल च्याप्टरको अध्यक्षमा राजेन्द्र केसी निर्वाचित हुनुभएको छ । अनेसासको हालै सम्पन्न अधिवेशनले अध्यक्षमा केसीलाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै प्रथम तथा द्वितीय उपाध्यक्षमा मन्जिला अनिल र निर्मलरमण पराजुलीलाई चयन गरिएको छ । समितिको महासचिवमा रञ्जना निरौला, सचिवमा सुशिला खड्का हसिना र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित हुनुभएको छ ।

समितिका सदस्यहरूमा आकाश अधिकारी, डा.शान्तिमाया गिरी, डीआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता विष्ट कार्की, डा.हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइँकेल र इन्दिरा ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन-सत्रमा विभिन्न स्रष्टालाई पुरस्कृत गरिएको थयो । कार्यक्रममा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार’ नगद राशि २१ हजारसहित गीतकार यादव खरेललाई प्रदान गरिएको थियो । यो पुरस्कार प्रेमध्वज प्रधानलाई (मरणोपरान्त) प्रदान गरिएको थियोे । यस्तै कलाकार मदनदास श्रेष्ठलाई ‘अनेसास विशिष्ट सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्ष गीता खत्री, पूर्वअध्यक्ष राधेश्याम लेकाली र निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलालाई पनि सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए विद्युतीय एम्बुलेन्स र शववाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद् बैठक : सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका चार जना सहिद…