पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउन चाहे एमालेले वेलकम गर्छ : अध्यक्ष ओली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीेले राजनीतिमा आउन चाहेमा एमालेले वेलकम गर्ने बताउनु भएको छ ।

एमाले कोशी प्रदेश समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन चाहे कसैले पनि रोक्न नसक्ने बताउनु भयो ।

‘उहाँले राजनीति गर्छु भन्दा हामी उहाँलाई निषेध गर्दैनौं । उहाँ आएर हाम्रो नेतृत्व गरे ठीक छ । उहाँलाई सधै वेलकम छ,’ अध्यष ओलीले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको ओलीले बताउनु भयो । पार्टीको पूर्वउपाध्यक्ष भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?