देशमा भइरहेका विकृति र बेथिति अन्त्यको नेतृत्व माओवादीले गर्छ : पूर्वमन्त्री बस्नेत

जनतासँग माओवादी रुपमान्तरण अभियानले माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाउने छ

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 8 mins

कालीकोट । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले देशमा भइरहेका विकृति र बेथिति अन्त्यको नेतृत्व माओवादी केन्द्रले गर्ने बताउनुभएको छ ।

आइतबार प्रेस सेन्टर नेपाल कालीकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ रुपान्तरण अभियानको नेतृत्व गर्दै कालीकोट आइपुग्नु भएका नेता बस्नेतले यस्तो बताउनुभएको हो ।

देशको व्यवस्थामा परिर्वतन ल्याउने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो नेकपा माओवादी केन्द्रले पहिल्याएको उहाँले बताउनुभयो ।

पूर्व सामान्य प्रशासनमन्त्री समेत रहनुभएका नेता बस्नेतले, ‘अहिले देशमा धेरै व्यथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसैन कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ ।’

निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै उहाँले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताउनुभयो ।

नेता बस्नेतले भन्नुभयो, ‘हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुतामा रहेको देशमा समावेसी गणतन्त्र ल्याउन त सकेउ, तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जिवनमा परिर्वतन ल्याउन अझ संर्घष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं । जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने भनेका छौं ।’

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उहाँको भनाइ छ ।

बस्नेतले भन्नुभयो, ‘हामी फेरिन चाहान्छौं जनतासँग जोडिएर, जनताकोे घरमा गएर देशको अवस्थाबारे जानकारी गराएर, समाजवादको नयाँ आन्दोलनको रुपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान सञ्चालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ ।’

पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले सोधेँको प्रश्नको जवाफ फर्काउँदै नेता बस्नेतले नेकपा माओवादी केन्द्रले माओवादी जनयुद्ध, जनयुद्धका घाइते अपांग शहीद बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिर्वतनका विभिन्न आन्दोलनमा शहिद बनेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहीद घोषणा गरेको समेत बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियापछिका चार निर्वाचनमा सहभागी माओवादी पहलो संविधानसभापछि निरन्तर खुम्चदै खुम्चदै अहिले निक्कै फराकिलो अन्तरमा तेस्रो पार्टिमा आइपुगेको छ । यसको अरु थुप्रै कारण होला, तर एउटा मुख्य कारण जनतामाझ नजानु नै हो । जनयुद्धमा जनताको घरघरमा जनतासँगै खाने, जनतासँगै बस्ने कतिपय माओवादीहरू शान्ति प्रक्रियपछि गाउँ फर्केका छैनन् । निर्वाचनका बेला गाडीमा झण्डा हल्लाउँदै मुख्य सडकमा यात्रा गर्नुबाहेक गाउँवस्तीका जनतामाझ पुग्न नसकेकै कारण माओवादीको क्षयीकरण भएको माओवादीले विश्लेषण गरेको जानकारी गराउनुभो ।

यस्तै प्रेस सेन्टर नेपाल कालीकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका सांसद माननीय दुर्गबहादुर रावतले शान्ति प्रक्रियापछि नेकपा माओवादी केन्द्र खुम्चिदै गइरहेको पार्टीको विश्लेषण अनुसार माओवादीले जनतामाझ जाने निर्णय गरी ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्न लागिएको बताउनुभयो । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुख्य नारासाथ भदौ १६ गतेदेखि देशैभर एकैसाथ यो अभियानको सुरुवात गरिने जानकारी दिनुभयो ।

तीन महिने अभियानमा पार्टीसँग सम्बन्धि र जनतासँग सम्बन्धित क्रियाकलाप सञचालन हुँनेछन् ुउहाले भन्नुभयो, अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायतका पार्टीसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नेछ । त्यस्तै घाइते, अपांग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका जनतासँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्ने उहाँको भनाइ छ ।

पत्रकारले गरेका प्रश्नको जवाफ दिँदै सांसद रावतले कर्णालीको विकास र समृद्धिका लागि नेकपा माओवादी केन्द्रले विकास निर्माणका योजनाहरु अगाडि बढाएको बताउनुभयो । उहाँले कर्णाली करिडोर, कर्णाली राजमार्ग र लालुलैफु सडकखण्ड पनि महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री हुँदा स्तरोन्नति गरिएको बताउँदै कालीकोटको विकासका लागि नेकपा माओवादी केन्द्र तयार रहेको बताउनुभयो ।

सांसद रावतले माओवादी जनयुद्ध सुरु हुँदा धेरैले आस नगरे जस्तो अहिले पनि समाजवादको यात्रा सुरु भयो भन्दा बिश्वास नमानेको तर्क गर्नुभयो । यसको परिणाम योजना र ब्यवहारले देखाउँने उहाँको भनाइ थियो ।

प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष विरेन्द्र आचार्यको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मी चोैलागाईं शैलेन्द्रले ९ गते सम्पन्न जिल्ला पार्टीको बैठकले लिएका निर्णय सार्वजनिक गर्दै घरघरमा पुगेर जनता सुझाव लिने र सुझाव अनुसार रुपान्तरण हुने बताउनुभयो ।

माओवादीले तीन महिने अभियानको क्रममा जनताको साथ पाउने अपेक्षा गरेको छ । अभियानका क्रममा माओवादीले ८ लाख सदस्यता पुर्याउने र २५ लाख जनता र मतदातामा पुग्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?