काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को संघर्षका कारण परिवर्तन भएको भन्दै विज्ञापन नियमावली २०८० को आनले स्वागत गरेको छ । साथै विज्ञापन बोर्डलाई उक्त नियमावली अबिलम्ब कार्यान्वयनका लागि आग्रहसमेत गरेको छ । आनका केही गुनासाबीच सरकारले साउन ३२ गते विज्ञापन एजेन्सी, सञ्चारमाध्यम र विज्ञापदातालाई मान्य हुने गरी संशोधित विज्ञापन नियमावली २०८० जारी गरेसँंगै विज्ञापन एजेन्सीबारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकन् अफवाह फैलाउने खालका अभिव्यक्तिप्रति आनको ध्यानाकर्षण भएको पनि आनले जनाएको छ ।
विज्ञापन नियमावली २०८० जारी गरेसँंगै विज्ञापन एजेन्सीबारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकन् अफवाह फैलाउने खालका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको पनि आनले जनाएको छ ।
एकपक्षीय रूपमा विज्ञापन व्यवसायीलाई बदनाम बनाउँदै सम्पूर्ण समस्याको जड नै विज्ञापन व्यवसायी हुन् भन्ने धारणाको आनले निन्दासमेत गरेको छ । आनद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सरकारले समयानुकूल सरोकारवालाको सहकार्यमा ऐन, नियम र कानुनमा सुधार, संशोधन र परिमार्जन गर्नु स्वाभाविक कदम हो, तथापि कुनै नियमावली जारीलगत्तै कुनै सरोकारवालालाई लक्षित गरी सत्य, तथ्य, विषयवस्तु र नियमावलीको मर्म नबुझी एकोहोरो रूपमा विज्ञापन व्यवसायी र सञ्चारमाध्यमको मानमर्दन हुने गरी सार्वजनिक रूपमा बेइज्जती गर्ने, बदनाम बनाउन खोज्ने र सरकारी कर्मचारीलाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न सामग्री पोष्ट गर्ने कदमप्रति आन घोर आपत्ति व्यक्त गर्दछ । विज्ञापन बोर्डका अध्यक्षद्वारा नै विभिन्न सञ्चारमाध्यममा विज्ञापन व्यवसायी, सरकारी कर्मचारी र विज्ञापनदाताप्रति लक्षित गर्दै विभिन्न अफवाह फैलाउन उत्प्रेरित गर्नु झनै आपत्तिजनक छ । अध्यक्षद्वारा नै सामाजिक सञ्जालमार्फत् यस्ता गलत अभिव्यक्तिलाई समर्थन गरेकोप्रति सिंगो विज्ञापन उद्योग खेद प्रकट गर्दछ ।’
विज्ञापन क्षेत्र बढाउन गर्नुपर्ने यावत् विषय बेवास्ता गर्दै कसैलाई काखा र कसैलाई पाखाको व्यवहार बोर्डबाट भइरहेको भन्दै आनले सो सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरेको छ । साथै विदेशी ब्राण्डको पाँच प्रतिशत र स्वदेशी ब्राण्डको पाँच प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गर्न, सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा सूचना राख्दा पत्रपत्रिकामा प्रकाशन गर्नुनपर्ने, वैदेशिक रोजगारी र मदिराको विज्ञापन प्रकाशन रोकिँदा कुनै पनि पहल नगरिनु, अन्य क्षेत्रका विज्ञापनमा अंकुश लगाएकोमा यसलाई खुलाउनतर्फ बोर्डले कुनै पहल नगर्नु दुखद भएको आनले उल्लेख गरेको छ ।
कतै विज्ञापन बोर्डले आफ्नो काम, कर्तव्य र अधिकार बिर्सेको हो कि भन्ने भान आनलार्ई परेको भन्दै आनका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डलाई विभिन्न अमूक संघ/संस्थालाई विज्ञापन व्यवसायीप्रति आरोप/प्रत्यारोपमा उत्रन उक्साउने कार्य तुरुन्त बन्द गर्न आग्रसमेत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच