रुपन्देही । बुटबलमा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । एक समारोहबीच अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भयो।
उद्घाटनमा बोल्दै एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताउनु भएको छ ।
‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ बुटवलमा शनिवार आयोजित एमाले प्रदेश अधिवेशनमा पौडेलले भन्नु भयो।
‘एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद छैन, विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने छौँ ।
अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट छ’ पौडेलले भने–‘पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट–उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने अवस्था छ ।’ पौडेलले केही समयअघि एमालेले जित्नै पर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने वताउनु भयो।
एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको वताउनु भयो। एमाले भित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै उनले एमालेलाई बलियो बनाउन उपाध्यक्ष विष्णु पौडेल र आफ्नो बलियो एकता रहेको वताउनु भयो। नेता पोखरेलले केही दिनयता केही मिडीयामा आएका अनावश्यक टिप्पणीको कुनै अर्थ नभएको वताउनु भयो।
‘लुम्बिनीमा एमाले बलियो देखेर केही शक्तिले यस्तो प्रचार गरेका हुन्, यसमा कुनै सत्यता छैन, एमाले बलियो बनाउन हामी दुईको एकतामा केही समस्या छैन, उनीहरूको अफवाह चिर्न हामीले लुम्बिनीबाट सन्देश दिनेछौँ, आम कार्यकर्तामा यो मेरो प्रतिबद्धता हो’ उहाँले भन्नु भयोे, ‘एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन्, एमाले एक बनाउन विष्णु पौडेल र शंकर पोखरेलको एकता कहिले टुट्न दिने छैनौँ’।
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सुर्खेतमा एमालेभित्र ठूलो पहिरो जाने बताएको प्रसंग उल्लेख गर्दै पोखरेलले अब एमालेमा होइन माओवादी केन्द्रमा ठूलो पहिरो जाने समय आएको वताउनु भयो।
नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकार आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिँदै भ्रष्टाचार विरुद्धको अभियानमा छौं भनेर ध्वङ र पाखण्ड प्रस्तुत गरिरहेको वताउनु भयो ।
प्रधानमन्त्रीले आफ्नो जनअदालत ब्युझाउन खोजेको आरोप लगाउँदै उहाँले आफू निकटका व्यक्तिहरुलाई उन्मुक्ती दिने खालका अभिव्यक्तिहरु दिने गरेको उल्लेख गर्नु भयो। उपमहासचिव ज्ञवालीले ललिता निवास प्रकरणमा सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिने काम गरिरहेको उल्लेख गर्नु भयो।
ललिता निवासमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रचण्डले सुनपानी छर्मीए जस्तै उहालाई चोखो भएको भनी बोलेर जनअदालत ब्युझाउन खोजेको आरोप लगाउनु भयो । ‘ललिता निवासमा मुछिएकाहरुलाई सुनपानी छर्केर चोखाउँदै हुनुहुन्छ । तपाई को हो ?’– प्रधानमन्त्रीलाई उहाँको प्रश्न थियो ।
सम्मेलनको उद्घाटन सत्रमा एमालेका उपाध्यक्षहरु विष्णुप्रपाद पौडेल, युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्याल लगायतको उपस्थिति छ ।
साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ सम्मेलनमा भाग लिन प्रदेशभरबाट एक हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् । त्यसमा १२ वटै जिल्लाका ८२ हजार ८ सय ९५ पार्टी सदस्य र विभिन्न २३ वटा जनसंगठनहरुबाट छनोट भएका हुन् ।अधिवेशनले सोमबारसम्म नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच