पाल्पा । पढाइको डिग्री हासिल गरेपछि धेरैको सोचाई हुन्छ सरकारी जागिर खाने या विदेशतिर हुइँकिने, तर पछिल्लो क्रममा यो ट्रेन्ड फेरिएको छ । न त सरकारी जागिरको चिन्ता, न त विदेश जानेको नै । शिक्षित युवा पछिल्लो क्रममा कृषि कर्ममा लागेका छन् । तिनैमध्येका एक उदाहरण हुन्, नेपालीमा डिग्री गर्नुभएका तानसेन –७ काजीपौवाका गम्बीरजंग रायमाझी सरकारी जागिरको कुनै गुञ्जायस थिएन । पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उहाँ औधी रमाउनुहुन्थ्यो । १६ वर्षउमेरदेखि नै व्यवसायिक कृषिमा लाग्नुभएका रायमाझीको दैनिकी अहिले बारीमा फल्दै गरेका कृषिजन्य उपजको रेखदेखबाट सुरु हुन्छ । विहान सबेरै उठेर तकारीमा पानीलगाउनेदेखि गोडमेल सकेर ६ बजे नै नजिकैको क्याम्पस पढाउन उहाँ पुग्नुहुन्छ । ११ बजेसम्म अध्यापनमै व्यस्त रायमाझी छुट्टी भएपछि भने घर फर्किर पुनः कृषि कर्ममै खटिनुहुन्छ । सरकारी जागिर खाने मानसिकताबाट उहाँ टाढिनुभएको छ । घरमा बसेर कृषि कर्म गर्नेरहर पलायो । अहिले उहाँ घरमै व्यवसायिक कृषि गरेर उदाहरणीय युवा बन्नुभएको छ । हामीजस्ता शिक्षित युवाले यसरी खेती किसानी गर्दा अरूलाई पनि उदाहरण हुन्छ, फूर्तिला रायमाझीले भन्नुभयो,‘ डिग्री गरेकाले खेती किसानी नै गर्नु हुँदैन भन्ने त छैन नि’ ।
यतिबेला उहाँले गरेको कर्मले विदेशिन र जागिरखाने सुरसार कसेका आफ्नै दुई भाइले उहाँको बाटो अवलम्बन गरेका छन् । उहाँलाई माइलो भाइ सुरेन्द्र र कान्छो भाइ सुरजले सघाइरहनु भएको छ । गोलभेडा, काउली, बण्डा, करेला र खुर्सानी खेतीको गोडमेलमै उहाँहरुको दैनिकी वित्छ । भर्खरका यी तीन दाजुभाइ मिलेर काजीपौवास्थित आफ्नै १३ रोपनीमा लोभ लाग्दो कृषि खेती गरिरहेका छन् । माइलो भाई सुरेन्द्रले पनि डिग्री गर्नुभएको छ भने कान्छोभाइ सुरजले होटल व्यवस्थापनमा व्याचलर डिग्री गर्नुभएको छ ।
पढाई सकेर दाजुभाइले गाउँमै व्यावसायिक कृषिमा रमाएको देखेर छिमेकी छक्क परेका छन् । रायमाझी दाजुभाइले रायमाझी एकीकृत कृषि तथा पशु फर्ममार्फत व्यवसायिक तरकारी खेती गर्दै आएकाहुन् । ठूलो बुवा कमल र आमा गीतादेवीको प्रेरणाबाट १६ वर्षको उमेरदेखि नै व्यवसायिक कृषिमा लागेको गम्बीरजंग बताउनुहुन्छ ।
उहाँ भन्नहुन्छ ‘मेरो हजुरबुवा कृषि गर्नुहुन्थ्यो, उहाँको सिको गरेर मेरा ठूलो बुवाले पनि कृषि नै गर्नु भयो, आमासुन्तला जात तथा फलफूल विकास केन्द्र बागवनीमा काम गर्ने, जसको काम देखेरमलाई पनि कृषि गर्नु पर्छ भन्ने सोच पलाएको हो ।’ कक्षा ९ पढ्दादेखि नै बारीमाकाउली, बण्डा, सिमि फलाएर ढाक्रामा राखेर घर–घरमा बेच्न लैजाने गरेको गम्बीर सम्झनुहुन्छ ।
उहाँले तरकारी बेचेरै घर, पढाई खर्च चलाउने मात्र होइन घर समेत खडा गर्नुभएको छ । उहाँ घरको जेठो छोरा भएकाले पनि भाइहरुले दाईको कामलाई अनुसरण गरे । तीन भाइमिलेर पढाईसँगै कृषिलाई अगाडि बढाउनुभएको छ । अहिले उहाँहरु पढाई सकेर कृषिमै रमाइरहनु भएको छ । दाजुभाइले तकारी विक्रीबाट राम्रो आम्दानी गरिरहनु भएको छ । सरकारी जागिर खानेको भन्दा उहाँहरुको कमाइ कम छैन । विदेश पलायन हुने युवाकालागि तीन दाजुभाइहरु उदाहरण नै बन्नुभएको छ । दाजुभाईले मौसमी, बेमौसमी दुवै सिजनका तरकारी उत्पादन गर्दै आउनुभएको छ । काँक्रा, गोलभेँडा, बन्डा, काउली, सिमी,भेण्टा, साग, लगायतका तरकारी उहाँहरुले उत्पादन गर्ने गर्नुभएको छ ।
तरकारी विक्रीबाटै उहाँहरुले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । प्लाष्टिक घर (टनेल)मा समेत उहाँहरुले तरकारी लगाउनुभएको छ । नर्सरी बनाएर प्याज, काउलीका बिरुवा, खुर्सानीतिहारमा लगाउने फुल समेत दाजुभाइले उत्पादन गर्नुहुन्छ । उब्जाउ माटो र सिँचाइको प्रसस्त सुविधा भएकाले पनि तरकारी राम्रो उत्पादन हुने गरेको गम्बीर बताउनुहुन्छ । फार्मको सबै उत्पादन तानसेनकैबजार क्षेत्रमा खपत हुन्छ । पहिलेजस्तो ढाकारमा राखेर घर–घर पु¥याउनु पर्दैन । उत्पादनदिन सके बजारको कुनै अभाव नभएको उहाँ बताउनुहुन्छ ।
तरकारी खेती थप विस्तार गर्ने योजनामा रहेको सुरेन्द्र रायमाझीले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘जग्गा आफ्नैभएकाले भाडा तिर्नु पर्दैन् ।’ ‘व्यावसायिक रूपमा कृषि गरेरै राम्रो आम्दानी गर्नसकिने रहेछ,’ सुरेन्द्र भन्नुहुन्छ ‘खेतीबाट राम्रो आम्दानी भइरहेको छ, खर्चको अभाव छैन ।’ होटल व्यवस्थापनमा स्नातक गर्नुभएका सुरज केही समय वैदेशिक रोजगारीको सिलसिलामा चाइना पुगेर फर्किनुभएको हो । प्रविधिको उच्चतम् प्रयोग गरेर व्यावसायिक कृषिखेती गर्दा आफूले मिहिनेत गरे अनुसारकै प्रतिफल लिन सकिने सुरजले बताउनुभयो । ‘पहिला प्रविधिका बारेमा खासै थाहा भएन,’ उहाँले भन्नुभयो, ‘अहिले प्रविधिको प्रयोग पनि गर्दै छौं ।’ आफूहरू जस्ता युवाले गाउँ फर्केर व्यावसायिक कृषिखेती गर्दा पनि राज्यका तर्फबाट भने कुनै सहयोग नपाएको उहाँको गुनासो छ । पहुँचका भरमा कृषिको अनुदान पाउने प्रवृत्तिका कारण पनि आफूहरू मर्कामा परेको रायमाझीको भनाई छ ।
उहाँहरुले आफ्नो जग्गामा तकारी मात्र लगाउनुभएको छैनन्, विभिन्न प्रजातिका घाँस समेत लगाउनुभएको छ । घाँस विक्रीबाटै उहाँहरुले वार्षिक एक लाखसम्म आम्दानी गर्नुहुन्छ ।
तीन भाइलाई आमा गीतादेवी, जेठी बुहारी सिर्जना र माइली बुहारी तुल्सीले समेत सहयोग गर्दै आएका छन् । ‘हाम्रो परिवार नै कृषि कर्ममा लागेको छ । कृषिमा छोराहरूको मेहनत देखेर खुसी लाग्छ’ आमा गीतादेवीले भन्नुभयो । कृषिले उहाँहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, इज्जत पनि दिलाएको छ । यतिबेला तीन दाजुभाइले गरेको कर्मले विदेशिन र जागिर खाने सुरसार कसेका धेरै युवाहरुले उहाँको बाटो अवलम्बन गरेका छन् । नपढेकाले मात्रै गर्ने पेसाहो भन्ने पुरानो मान्यतालाई यतिबेला यस्तै कर्मठ युवाहरुले गलत सावित गरिदिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच