पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताअन्तर्गत काष्ठमण्डप क्लब विजयी भएको छ । केसिसी क्लबलाई पेनाल्टी सुटआउटमा तीन-दुई गोल अन्तरले पराजित गर्दै केसिसी दोस्रो चरणमा प्रवेश गरेको हो ।

निर्धारित ४० मिनेटको खेल दुई-दुई गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । यो खेलमा काष्ठमण्डपका सुजन थापा ‘म्यान अफ दि म्याच’ बन्नुभयो ।

यसैगरी दोस्रो खेलमा हिलसाइड कलेजले जियोम्याट्रिक कलेजमाथि पाँच-चार गोल अन्तरको कठिन जित निकालेको छ । सिनामंगलमा रहेको अर्किड कलेजको फुटसल कोर्टमा हिलसाइडका लागि सुनिल श्रेष्ठ र रविन कटुवालले दुई-दुई गोल गर्दा जयप्रकाश बानियाँले एक गोल गर्नुभएको थियो । जियो म्याट्रिकका लागि नरेन्द्र बुढाले दुई गोल गर्दा नवीन श्रेष्ठ र विपिन अधिकारीले एक-एक गोल गर्नुभयो । हिलसाइडका रविन कटुवाल ‘म्यान अफ दि म्याच’ बन्नुभयो ।

यस्तै, तेस्रो खेलमा एसियन कलेजले सगरमाथामाथि नौ-शून्य गोलको एकतर्फी जित निकालेको थियो । एसियनका रसिद छुस्याबाग म्यान अफ दि म्याच बन्नुभयो । त्यसैगरी कान्तिपुर युनाइटेड कलेजको ‘ए’ टिमले अर्किड कलेजमाथि नौ-चार गोल अन्तरको जित निकालेको थियो । कान्तिपुरका विकास तामाङ ‘म्यान अफ दि म्याच’ बन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?