सुमन वर्षाको ‘अन्ततः यन्त्रणा’ माथि अन्तर्क्रिया

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल कलिङ साहित्य महोत्सवमा सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणाको दोस्रो संस्करणमाथि अन्तर्क्रिया भएको छ । मदन पुरस्कार विजेता महेश विक्रम शाह, डा.रजनी ढकाल, ज्ञानु अधिकारी र लेखक सुमन वर्षासहित डा.अम्बिका अर्यालले उपन्यासमाथि चर्चा गर्नुभएको थियो । शाहले उपन्यासमाथि बोल्दै तीन पुस्ताको विषयमा उपन्यास लेख्न धैर्य र साहस चाहिने बताउनुभयो । साथै उपन्यासले आञ्चलिकताको राम्रो उपयोग गरेको जिकिर गर्नुभयो ।

डा.रजनी ढकालले उपन्यासमा नारीलाई सहजशीलता र बहादुर दुवै प्रस्तुत गरेको र छोरा नै पाउनुपर्ने सामाजिक मानसिकता रहेको कुरा किताबमा शसक्त रूपमा आएको औल्याउनुभयो ।

यस्तै, ज्ञानु अधिकारीले किताबमा मुख्य पात्रले भोगेको यथार्थ समाजको नजिक रहेको र उपन्यासले नारीको सहनशीलता र समस्यालाई राम्रोसित उतारेको बताउनुभयो । अर्यालले किताबको दोस्रो भागको पर्खाइ कहिलेसम्म हो भन्ने प्रश्न गर्नुभयो । लेखक वर्षाले उपन्यास लेख्न चार वर्ष लागेको र उपन्यासलाई ग्रामीण महिलाको अवस्थाको सूक्ष्म चिण गर्ने कोसिस गरेको बताउनुभयो । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासको मूल्य ५२५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?