काठमाडौंं । नेपालस्थित रेनो गाडीको आधिकारिक बिक्रेता एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन बैंकसँग सम्झौता गरिएको कम्पनीले जनाएको छ ।
सम्झौतामा एडभान्स्ड अटोमोबाइल्सका जनरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंक रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडल खरिदमा ग्राहकले सानिमा बैंकमार्फत् सहुलियतदरमा फाइनान्स सुविधा पाउन सक्नेछन् ।
यस्तो सुविधा रेनोका देशभरका आधिकारिक डिलर र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ । साथै कम्पनीले चाडपर्व लक्षित ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । योजनाअन्तर्गत रेनोका ग्राहकले सात लाखसम्म छुटका साथै इजी फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्सचेन्ज अफरलगायतका लाभ पाउन सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच