मणिपुरमा फेरी फैलियो हिंसा, २ को मृत्यु, ५० बढी घाइते

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

इम्फाल । भारतकाे मणिपुरमा केही महिनादेखि कुकी र मेइती समुदायबीच तनावको वातावरण रहेको छ ।

यस उत्तर पूर्वी राज्यको तेङ्गनौपाल जिल्लाको पल्लेल क्षेत्रमा बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ भने सेनाका मेजरसहित करिब ५० जना घाइते भएका छन् ।

अधिकारीका अनुसार दुई अज्ञात समूहबीच बिहान ६ बजेबाट सुरु भएको गोली हानाहान निरन्तर जारी रह्यो । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ । जबकि अर्का एक घाइतेलाई गम्भीर अवस्थामा इम्फालको रिम्समा भर्ना गरिएको छ।

गोलाबारीको खबर फैलिएसँगै थौबल र काक्चिङका विभिन्न ठाउँका मानिसहरू पल्लेलमा पुगे पनि तनावपूर्ण वातावरण देखेर उनीहरूलाई असम राइफल्सका अधिकारीहरूले रोकेका थिए।

दुई अज्ञात समूहको गोली हानाहानमा ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भीडलाई रोक्ने प्रयासमा असम राइफल्सले अश्रु ग्यास प्रहार गरेपछि सेनाका मेजरसहित ५० जना घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?