लक्जेमबर्गमाथि पोर्चुगलको फराकिलो जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पोर्चुगलले लक्जेमबर्गमाथि फराकिलो जित हात पारेको छ ।

आफ्ना स्टार खेलाडी रोनाल्डवबिनै मैदानमा उत्रेको पोर्चुगलले युरो छनोट अन्तर्गतको खेलमा लक्जेमबर्गलाई ९-० को फराकिलो अन्तरले हराएको हो ।

रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाएपछि यो खेल गुमाएका हुन् ।

पोर्चुगलको जितमा गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २-२ गोल गरे भने जोआओ फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १-१ गोल थपे ।

यस्तै समूह ‘डी’ को खेलमा क्रोएसिया र वेल्सले जित निकालेका छन् । क्रोएसियाले अर्मेनियालाई १-० ले हराएको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रामारिकले निर्णायक गोल गरेका थिए ।

यता वेल्सले लातभियालाई २-० ले हराउँदै दोस्रो जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?