सानिमाले १४.७० प्रतिशत लाभांश दिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नौ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड एक लाख १५ हजार रुपैयाँ रहेको छ । गत वर्ष भने बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत बोनस वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?