काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२३ मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको हुण्डाई एक्स्टर एसयुभीको चाँडै नै अन्य भेरियन्टसहित बिक्री सुरु गर्ने भएको छ । कम्पनीका अनुसार हुण्डाई एक्स्टर पाँच सिटर कम्प्याक्ट एसयुभी हो, जुन कम्पनीको मोडल लाइन अपमा पहिलो एसयुभी रहनेछ ।
कम्पनीले इ, एस, एसएक्स, एसएक्स-ओ गरी चार भेरियन्टमा एक्स्टर ल्याउने जनाएको छ । गाडीमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ हिृवल र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । १८५ एमएम ग्राउण्ड क्लियरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज दिने गाडी विभिन्न छ कलर अप्सनमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच