सिटामोलका लागि पाँच घण्टा पैदल

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङको बुंगल नगरपालिका-७ मा रहेको डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ केन्द्र दुई महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाई केन्द्रमा कार्यरत डाक्टर नारदप्रसाद जोशी दुई महिना पहिले खर्काबगड आधारभूत स्वास्थ्य एकाइ केन्द्रमा नियुक्त भएपछि डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ बन्द भएको हो ।

त्यस ठाउँका जनताका सहजताको लागि २०७७ सालमा १८ लाखको लगानीमा स्थापना भएको डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ केन्द्र कर्मचारी र स्वास्थ्यकर्मी नहुँदा बन्द भएको स्थानीय वीरबहादुर भण्डारीले बताउनुभयो । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ केन्द्र बन्द हुँदा लुंगाडा र डाँडागाउँ टोलका बासिन्दा मर्कामा पर्ने भएका छन् ।

डाँडागाउँ र लुंगाडा टोलको सिमानामा डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ केन्द्र स्थापना भएपछि खुसी भएका स्थानीय अहिले बन्द हुँदा समस्यामा परेका छन् । डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ केन्द्र बन्द भएपछि सिटामोलकै लागि भए पनि यस ठाउँका स्थानीयलाई चार–पाँच घण्टा पैदल हिँडेर कफलसेरी स्वास्थ्य चौकी जानुपर्ने बाध्यता आएको अर्को स्थानीय भैरव बोहराले बताउनुभयो ।

डाँडागाउँ आधारभूत स्वास्थ्य एकाइ केन्द्र पुनः सञ्चालनका लागि वडा र नगर सरकारको ध्यान नगएको बोहराको भनाइ छ । कर्मचारी र स्वास्थ्यकर्मी नहुँदा १८ लाखको भवन र स्वास्थ्य सामग्री खेर जान थालेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?