बाँकेको ढकेरी नजिक राजमार्गमा विस्फोट, मानविय क्षति हुनबाट जोगियो

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बाँके । पुर्व पश्श्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरी नजिकै आज विहान विस्फोट भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका ८ नयाँगाउँ ढकेरी नजिकै राजमार्गको किनारमा विस्फोट भएको हो ।

विस्फोटबाट कुनै मानविय क्षति नभएपनि राजमार्ग सँगै कालोपत्रे गरिएको बाटोको किनारमा विस्फोट हुँदा केहिबेर यातायात अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवत्ता नारायण डाँगीले हिमालय टाइम्सलाई दिनु भएको जानकारी अनुसार विस्फोटको राती कुनै समयमा भएको हुनसक्छ विहान राजमार्गमा खाल्टो परेको भन्ने खवर पाएपछि घटनास्थलमा गएको उहाँले बताउनु भयो । तत्कालिन बिद्रोही माओवादीले कोहलपुर लमही सडक खण्डका थुप्रै स्थानमा माइन विस्फोट गराएका थिए । उक्त सडक खण्डको खैरी खोला नजिकै बम विस्फोट विद्रोही पक्षले गराउँदा थुप्रै सशस्त्र प्रहरीको मृत्यु भएको थियो ।

द्वन्द्वकालीन अवस्थाको माइन हुन सक्ने डाँगीले बताउनु भयो । विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा साथै चुनजस्तो धुलो मात्र फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?