काठमाडौं । अनोज खड्का र सुष्मा यादवले तेस्रो चेल्सी अन्तरविद्यालय रोड रेसमा आइतबार स्वर्ण जित्नुभएको छ । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो हुनुभएको हो । दुवै बुढानीलकण्ठ स्कुलका हुनुहुन्छ । चेल्सी वल्र्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गर्नुभयो । विजय बुढा मगर १६.५२ मिनेटमा दोस्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेस्रो हुनुभयो । विजय र विवेक पनि बुढानीलकण्ठकै हुनुहुन्छ ।
सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्च गर्नुभयो । २२.३७ मिनेटसाथ बुढानीकलकण्ठकी सुजाता केसी दोस्रो तथा २३.४० सेकेण्डमा दौड पूरा गर्नुभएकी हाइली क्रिएटिभकी सभ्यता खड्का तेस्रो बन्नुभयो ।
प्रतियोगितामा बुढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बुढानीलकण्ठले १९ अंक जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका ३५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसिए इन्चार्ज राजन न्यौपानेले जनाउनुभएको छ । दौड अत्तरखेलस्थित नेपाल मेडिकल कजेज चोकबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्रांगणमा आएर टुंगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच