एउटै स्टेजमा चार विजेता छनौट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ को मञ्चमा सिनियर र जुनियर बालक र बालिका गरेर एकसाथ चार विजेता छानिएका छन् । प्रतियोगिताको जुनियर बालकतर्फ एलभिन प्रजापति र सिनियर बालकतर्फ सुभांक हुमागाई विजेता बन्दा बालिकातर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियरतर्फ सोनिया श्रेष्ठ विजेता घोषित हुनुभएको छ ।

होटल सारथी रिसोर्ट धुलिखेलमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर बालकतर्फ रुक्सन न्यौपाने फष्टरनअप र विनिस तामाङ सेकण्ड रनरअप चुँनिदा सिनियर बालकतर्फ वाङ्जु लामा फष्टरनरअप र आरएस कार्की सेकेण्ड रनरअप हुनभयो । प्रतियोगितामा जुनियर बालिकातर्फ रिमा महतो फष्ट रनरअप र जेनिफर पराजुली सेकेण्ड रनरअप घोषित हँुदा सिनियर युवतीतर्फ बन्दिका न्यौपाने फष्ट रनर अप र आयुसा रायमाझी सेकेण्ड रनरअप हुनुभयो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रयोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा इन्दु थापा (कार्यकारी निर्देशक तथा प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), अशोक पाण्डे (निर्देशक तथा प्रिन्सिपल सेमरक निष्ट वल्र्ड स्कुल), डा.केबी मानन्धर (सह–प्राध्यापक काठमाडौं युनिभर्सिटी), सन्तकुमार श्रेष्ठ (भाइस प्रिन्सिपल काभ्रे इंग्लिस सेकेण्डरी स्कुल), रजना प्रधान श्रेष्ठ (फाउण्डर तथा प्रिन्सिपल बालबाटिका विद्यामन्दिर हायर सेकेण्डरी स्कुल), लव कार्की (सञ्चारकर्मी)लगायत निर्णायक रहनुभएको थियो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताउनुभयो ।

सात वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गर्नुभएको थियो । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रूपमा प्राप्त गरेका छन् । प्रतियोगितामा चिफ गेष्टको रूपमा काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोल रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?