सुदूरपश्चिम श्री शारीरिक सुगठन हुने

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलोपटक सुदूरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिता हुने भएको छ । फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदूरपश्चिम श्री प्रतियोगिताको ट्रफी सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।

दुई विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई दिइने ट्रफी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपकबहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गर्नुभयो ।

खुला पुरुष शारीरिक र शारीरिक सुगठन खुला गरी दुई विधामा खेलाइने प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार दिइनेछ । यस्तै, दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइनेछ । साथमा जिन्सी पुरस्कारहरूबाट पनि पुरस्कृत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै सदस्य-सचिव दीपकबहादुर सिंहले प्रदेशमा पहिलोपटक हुन लागेको शारीरिक सुगठन प्रतियोगितालाई सफल पार्नका लागि परिषद्ले प्रवद्र्धन गरेर साथ दिएको बताउँदै यसले खेलाडी उत्पादनमा पनि टेवा पु¥याउने बताउनुभयो । उहाँले प्रतियोगिताको सफलताको शुभकामना दिँदै सबैले सुुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउन आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

शारीरिक सुगठनको खेलको जग सुदूरपश्चिम प्रदेशमा बसाल्न तथा खेलाडीहरू उत्पादन गर्दै यो क्षेत्रको देशभरि पहिचान गराउन र लागूऔषध दुव्र्यसनी रोक्ने उद्देश्यसहित प्रतियोगिता आयोजनाको तयारीमा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा कुनै पनि उमेर समूहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।

प्रदेशस्तरीय प्रतियोगिता भएकाले सुदूरपश्चिमका जहाँसुकै बसोबास गरिरहेका खेलाडीहरूले भाग लिन पाउने फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन खेलाडीहरूले एक हजार दर्ता शुल्क बुझाउनुपर्नेछ । क्लबका अध्यक्ष तामाङका अनुसार प्रतियोगिताको पहिलो दिन खेलाडीहरूको तौल र उचाइ मापन गरिनेछ भने दोस्रो दिन खेलाडीहरूको पूर्वनिर्णय तथा अन्तिम निर्णय लिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?