काठमाडौं । आगामी वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालबाट ‘हल्कारा’ लाई सिफारिश गरिएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले विक्रम सापकोटा निर्देशित चलचित्र ‘हल्कारा’लाई अमेरिकामा हुने अस्कर अवार्डका लागि सिफारिश गरेको हो ।
राजु केसी अध्यक्षतामा रहेको उक्त समितिले प्राप्त पाँच चलचित्रमध्ये ‘हल्कारा’लाई सिफारिश गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको छ । समितिका अनुसार अस्करका लागि चलचित्र ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र बगानले आवेदन दिएका थिए ।
‘प्राप्त चलचित्रमध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, कलान्तक बनोट, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोटलाई ध्यान दिएर नेपालको प्रतियोगिका रूपमा ‘हल्कारा’लाई सामेल गराउने निर्णय भएको हो’, विज्ञप्तिमा भनिएको छ । चलचित्र ‘हल्कारा’ मा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य अभिनय छ भने रामकृष्ण पोखरेल र विक्रम सापकोटाले निर्माण तथा निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच