लुम्बिनी प्रदेश सरकारले मनायो संविधान दिवस

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरु कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताउनु भयो। संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको उहाँको गुनासो छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उहाले बताउनु भयो ।

संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्‍याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शीघ्र कार्यान्वयनमा जानु पर्ने बताउनु भयो। ‘म आज पनि भन्छु, संघीयता फेल भयो भने हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’ उहाँले भन्नुभयो‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जे–जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’

संविधानमा सबैको भावना समेटिएको भन्दै उहाले भाषा, धर्म, संस्कृतीको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गर्नुभयो । उहाँले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसंग आग्रह समेत गर्नुभयो ।

अव विकासमा प्रतिस्पर्धा हुनु पर्छ, तव मात्रै संघीयताको महत्व बुझिन्छ । ‘सात वटा प्रदेश मध्य कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिस्पर्धा हुनुपर्छ’ उहाँले भन्नभयो, ‘जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूर्ण योग्दान दिएको छ । भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्वपूर्ण छ ।’

झाँकीसहितको उत्सव

प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाएको छ । विभिन्न जातजातीका कला संस्कृती प्रदर्शन गरेर दिवस मनाइएको छ ।

थारु, मगर, अवधी समुदायको कलासंस्कृती प्रस्तुत गरिएको हो । महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरेका छन्।

अवधी कला संस्कृती अन्तरगत बाजा बजाएर नाच प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाबाट झाँकी प्रस्तुत गरिएको थियो। यस्तै स्काउट विद्यार्थीहरूले झाँकी प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?