बाल सुधार गृहबाट भागेका ९ जना अझै सम्पर्कमा आएनन्, खोजी कार्य तीब्र

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बाँकेमा रहेको जयेन्दुबाल सुधार गृहमा झडप पछि फरार भएका ९ जनाको खोजी कार्य तीब्र पारिएको छ । डुडुवा गाउँपालिका ६ आसमानपुरमा रहेको जयेन्दुबाल सुधार गृहमा २ सय ५४ जना थुनुवा रहेका थिए ।

विहिवार राति दुई समूह बीच झडप हुदा रुपन्देही कञ्चन गाउँपालिकाका १८ वर्षिय सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष शिह राठौरले बताउनु भयो । झडपमा परी अन्य १० जना घाइते भएका छन । घाइतेको उपचार चलिरहेको छ ।

सुधार गृहमा रहेका २ सय ५४ जना मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने २ सय ४५ जनालाई नियन्त्रणमा लिएको छ बाँकी ९ जना फरार रहेको र खोजीकार्य जारी रहेको राठौरले बताउनु भयो । मृतक केसी अपहरण, शरीरबन्धक र जवरजस्ती करणी कसुरमा सुधार गृहमा रहेका थिए । बाल सुधार गृहभित्र भएका झडपमा ढुगा, मुक्का लाठी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रशासनको र प्रहरीको फितलो सुरक्षा व्यवस्थाका कारण एकजनाले अनाहकमा ज्यान गुमाउनु परेको स्थानियवासीको भनाई रहेको छ । घटना पछि फरार रहेकाको खोजीका लागी प्रहरी परिचालन गरिएको छ । भारतसंग सिमाना जोडिएको जिल्ला भएका कारण सीमा क्षेत्रमा पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । अहिले सुधार गृह पुर्ण रुपमा प्रहरीको नियन्त्रणमा आइसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?