गुुकारस्त्वन्धकारस्तुु रुकार स्तेज उच्यते ।
अन्धकार निरोधत्वात् गुुरुरित्यभिधीयते ।।
विद्यार्थीमा रहेको अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानका माध्यमबाट उज्यालो प्रवाह गर्ने व्यक्ति गुुरु हो । यही गुुरुका माध्यमबाट बाहिर आउने स्वरूप ज्ञान हो । ज्ञान आफँै आउने होइन । ज्ञान त गुुरुले प्रवाह गर्ने आधार हो । यही प्रवाहबाट संसार उज्यालोको बाटोमा आएको छ । यदि संसारमा गुुरु हुुुँदैनथ्यो भने अन्धकारको साम्राज्यले ढाकेको हुुुन्थ्यो यो जगतलाई । त्यो अन्धकारको साम्राज्य चिर्न चाहिने आधार ज्ञान हो । ज्ञानका माध्यमबाट गुुरुले दिने शिक्षाले सदा शिष्यको जीवनलाई गतिलो बाटोमा प्रवाह गरेको हुन्छ । गुुरुसर्वस्मात् विजयमिच्छेत गुुरुशिष्य पराजयेत् (गुुरुले सबै स्थानमा विजय खोज्छ तर शिक्ष्यसित ऊ पराजय चाहेको हुुन्छ) भनेर सदा शिष्यप्रति आस्थावान् रहेको हुन्छ गुुरु । यसैले गुुरुलाई जीवनको आधार मानिएको छ शिष्यको जीवनमा र उसका हरेक कर्ममा ।
रामका गुुरु विश्वामित्र, कृष्ण र बलारामका गुुरु सान्दी पनि, पाण्डव र कौरवका गुुरु आचार्य द्रोणचार्य हुन् । उनीहरूले आफ्ना शिष्यलाई असल शिक्षा दिए । यी आचार्यहरू गुुरुको भूमिकामा अब्बल सावित भए तर गुुरुले गुुरुदक्षिणा मागेमा शिष्यले उपलब्ध गराए । यी गुुरुहरू वेतनभोगी थिएनन् । यो थियो तत्कालीन हाम्रो परम्पराको शिक्षा । त्यसरी प्राप्त गरेको ज्ञानलाई गुुरु वा शिष्यले शिक्षा भनेनन् विद्या भने । विद्याका माध्यमबाट उनीहरूले देशलाई राज्यलाई चाहिने दक्ष जनशक्ति दिए । उक्त जनशक्ति राज्यका लागि अतुुलनीय बनेर आएको हुन्थ्यो ।
गुरुले दिने शिक्षाका माध्यमबाट बाहिर आएका शिष्य असल भए । गुुरुप्रति सदा सम्मानित भावलाई बोकेर शिष्य बाहिर आए । आज पनि गुुरुकुलमा दिइने विद्याले शिष्य उत्पाािदत भएका छन् छात्र होइन तर आज तिनै गुुरुकुल अपहेलित छन् सरकारी संयन्त्रबाट । सरकार गुरुकुुलप्रति र गुुरुकुलले दिने शिक्षाप्रति आँखा चिम्लेर बसेको छ ।
आवाज सुुन :
आज गुुरु शिक्षक भए, शिष्य छात्र वा विद्यार्थी भए । आज दिइने शिक्षा विद्या बनेन शिक्षा बन्यो । आधुुनिक शिक्षाका नाममा नेपालको भूूगोल सुहाउँदो शिक्षा हामीले दिन सकिरहेका छैनौँ । आधारभूूत, माध्यमिक र उच्च शिक्षालाई राज्यले वा राज्यको मूल कानुुन संविधानले नै परिभाषित गरेको छ । आधारभूत र माध्यमिक शिक्षालाई राज्यले स्थानीयतहलाई हस्तान्तरित गरेको छ । हस्तान्तरण गरिएको शिक्षाका आधारमा महानगर, उपमहानगर, नगर, गाउँपालिका तथा वडाध्यक्ष नै शिक्षालय चलाउने आधारस्तम्भ बनेर आए । स्थानीय निकायले प्रवाह गरेको नीतिलाई विद्यालयका सबै तहले मान्नुपर्ने आावश्यकता आजको राज्यसंयन्त्रले देख्यो । राज्यको संयन्त्र शिक्षाको जिम्मेवारीबाट आफूलाई अलग राख्नुुमा नै आफ्नो भलाई देख्यो । यो सरकारको उचित तर्क थिएन । स्थानीयतहले स्थानीय समस्या हेर्ने हो । राज्यको शिक्षा होइन ।
आज गुुरु शिक्षक भए, शिष्य छात्र वा विद्यार्थी भए । आज दिइने शिक्षा विद्या बनेन शिक्षा बन्यो । आधुुनिक शिक्षाका नाममा नेपालको भूूगोल सुहाउँदो शिक्षा हामीले दिन सकिरहेका छैनौँ । आधारभूूत, माध्यमिक र उच्च शिक्षालाई राज्यको मूल कानुुन संविधानले नै परिभाषित गरेको छ ।
नेपालमा विश्वविद्यालय स्तरीय शिक्षा तिन भागमा बाँडिएको छ । विद्यालय तहमा गतिलो अध्ययन गर्ने विद्यार्थी चिकित्सक, इन्जिनियर बन्छ । मध्यम खालको विद्यार्थी प्राध्यापक, निजामती सेवा र बित्तीय क्षेत्रका माध्यमबाट देश र समाजको सेवा गरिरहेको हुन्छ । कलेजमा अध्ययनलाई तिलाञ्जलि दिएर राजनीति गर्ने विद्यार्थी नेता बन्छ र त्यसले नै देशका सबै अङ्गमा आफूलाई जीवन्त बनाएर राखेको हुुन्छ । उसले नै शासनसत्तामा आफूलाई राजनीतिकर्मीका माध्यमबाट उतारेको हुन्छ तर आजको शिक्षा त्यस किसिमको छैन । आज उच्च शिक्षाका लागि अब्बल दर्जाको जनशक्ति स्वदेशबाट बाहिरिएको छ । मध्यमवर्गको जनशक्ति खाडी मुुलुुकमा पुुगेको छ । राजनीति अहिले समाजसेवा बन्न सकेन । राजनीति त पेशाको रूपमा अघि आइसक्यो ।
स्थानीय सरकार आफैँमा सबल सरकार हो । जनताको दुुःख, पीडा, व्यथालाई स्थानीय सरकारले राम्रोसित बुुझेको हुन्छ । विद्यालयलाई स्थानीय तहमा दिनुु नराम्रो होइन तर स्नातकोत्तर गरेका शिक्षकलाई समानुुपातिक र साक्षरमात्र हुने स्थानीय पदाधिकारीले शासन गर्नु पक्कै पनि उपयुुक्त होइन । जीवन जसले शिक्षामा समर्पित गरेको छ । जीवनमा अध्ययन गरेर उसले जसरी आफूलाई शिक्षकका रूपमा बाहिर ल्यायो त्यो माथि शासन गर्ने स्थानीय पदाधिकारी पनि त्यही किसिमको अध्ययन गरेको हुनुु अनिवार्य मानिन्छ तर नेपालले त्यस प्रकारका व्यवस्थालाई बाहिर ल्याउन सकेको छैन । त्यसैले नेपालभरिबाट विद्यालय बन्द गरेर आएका गुुरुहरूको आवाज सुुन सरकार ! काठमाडौंका सडकमा भौँतारिएका शिक्षकको आवाजलाई बन्द गर्ने प्रयत्नमा नलाग्न आग्रह । वार्ताका माध्यमबाट छिटोभन्दा छिटो समस्याको समाधान खोज सरकार !
विद्यार्थी आवश्यक किन ?
नेपालले राजनीतिक क्षेत्रमा विभिन्न आन्दोलन गरेको छ । ती आन्दोलनका माध्यमबाट हामी गणतन्त्रमा आइपुुगेका छौँ । गणतन्त्रसम्म आइपुुग्न सबैभन्दा बलियो आन्दोलन विद्यार्थीबाट भएको कुरालाई कसैले पनि नकार्न सक्दैन । नेपालमा प्रत्येक राजनीतिक दलका आआफ्नै विद्यार्थी सङ्गठन छन् । ती सङ्गठन वैध वा अवैध के हुन् ती कुरा राजनीतिक दललाई थाहा होला ? तर कुनै पनि आन्दोलनमा विद्यार्थीलाई उतारेर रोटी सेक्ने राजनीतिक दलका कार्यकर्ता आज ती विद्यार्थी नै बनेका छन् । आन्दोलनलाई उचाइमा पुु¥याउने ती विद्यार्थी नेता नै आज सत्तासीन बनेर बसेका छन् । राजनीतिक दललाई विद्यार्थी आवश्यक पर्ने कुनै पनि आन्दोलन गर्न तर तिनलाई शिक्षा दिने शिक्षकलाई किन अवैध । यसको उत्तर सरकारले दिनुु आवश्यक छ ।
अर्थको अभावका कारण विद्याभूूषण दिन नसक्ने सरकारसित के आस गर्नु हामीले । शिक्षामा देखिएको यो अवस्थाका कारण नै वर्षेनी लाखौं विद्यार्थी अध्ययनका नाममा बाहिरिएका छन् । तिनका बारेमा राज्यले सोचेको खोइ ? शिक्षाका नाममा अर्बाैं लगानी बाहिरिएको त्यसका बारेमा नीति खोइ ?
सरकार दश जोड दुुई गरेका विद्यार्थीलाई बाहिर पठाइरहेको छ । नेपालमा सञ्चालन गरिएका सबै विश्वविद्यालय राजनीतिको चङ्गुुलबाट बाहिर आउन सकेका छैनन् । राजनीतिको गन्जागोलमा समावेश भएका विश्वविद्यालयले दक्ष जनशक्तिलाई स्वदेशमा राख्ने प्रयास गरेका छैनन् । विद्यार्थीलाई बाहिर पठाउने सन्दर्भमा अभिभावकको लाखौँ रुपैयाँ विदेशिएको छ । त्यसमा राज्यको कुनै पनि सोच र सामथ्र्य छैन । राज्य निरीह बनेर बसेको छ । राज्य निजी विद्यालयलाई प्राथमिकतामा राखेर नीति र कानुुन बनाउन तल्लीन देखिएको छ ।
ठूलो लगानी गरेर चलाइएका नीजि शिक्षालयमा राजनीति गर्ने नेताहरूको लगानी देखिएको छ । राज्य ती सबै कुरालाई टुलुुटुुलुु हेरेर बसिरहेको छ । राजनीति गर्ने सबै नेताका छोराछोरी राजनीति, व्यापार र ठेकेदारीमा सक्रिय छन् । उनीहरूका पिताले पुस्तौँपुुस्तालाई पुुग्ने सम्पत्ति राजनीतिक तरिकाबाट राज्यको दोहन गरेर कमाएका छन् । उनीहरूको मनमौजी अवस्थालाई देशले भोगिरहेको छ ।
समयमा विद्यालय पुुगेर शिक्षा दिइरहेको शिक्षक आज सडकमा छ । उनीहरूका मागलाई राज्यले सम्बोधन गर्न सकेको छैन । राजनीतिमा हामी केही हदसम्म विकासको अवस्थालाई पार गरिसकेका छौँ । गणतन्त्र र संविधानसभाबाट पारित भएको संविधान लागूू भएको पनि आठ वर्ष बितिसक्यो । यो अवधिमा विकास नभएको पनि होइन । स्वास्थ, शिक्षा, सञ्चार र यातयातमा हामीले फड्को मारिसकेका छौँ तर शिक्षा र स्वास्थ्य दिनप्रतिदिन महँगो बन्दै गएको छ । सामान्य बालबालिका र नेपालका गरिबका छोराछोरी अध्ययन गर्ने विद्यालयका शिक्षक राजधानीको सडकमा भौँतारिएको छ ।
तिनीहरूको आवाज सरकारको कानमा पुुगेको छैन । शिक्षकलाई राजनीति नै गर्न नदिने हो भने देशमा रहेका सबै सरकारी कर्मचारीदेखि लिएर सबै क्षेत्रमा सञ्चालित राजनीतिक सङ्गठनलाई खारेज गरोस् सरकारले सरकार त्यसो गर्न सक्दैन । सरकार तिनै सङ्घसङ्गठनका माध्यमबाट राजनीति गरेर आएको छ त्यसैले सरकार यस किसिमका निर्णय लिन सक्दैन । यदि यो आन्दोलन हिंसात्मक भएमा राजधानीको अवस्था के होला ? शान्तिपूर्ण आन्दोलनमा समर्पित देशभरका सबै शिक्षकको आन्दोलनलाई समर्थनका विज्ञप्तिहरू आइरहेका छन् ।
सरकार सावधान हुुनुु आवश्यक छ । यदि सावधान हुन सकेन भने यो आन्दोलनले विद्यार्थी र दूरदरारमा अध्ययन गर्ने बालबालिकाको भविष्य अन्धकारमा जानेछ । अध्ययन र अध्यापनलाई जीवनको उपलब्धि मान्ने शिक्षकको आन्दोलनलाई सम्बोधन गर्नु आवश्यक छ । वार्ताका माध्यमबाट समाधान जरुरी छ । संसदमा प्रस्तुुत गरेको कानुुनमा संशोधन गरेर भए पनि सम्बोधन गर्नु आवश्यक छ ।
समाजको सचेत वर्ग हो शिक्षक । देशमा हुने प्रत्येक चुनावमा शिक्षकलाई खटाउने सरकार तिनीहरूको मागमा किन कानमा तेल हालेर बसेको छ । हामीले गुुरुलाई देवताका रूपमा मानेका छौँ । हाम्रो संस्कारले गुुरुदेवो भवः भनेर सम्बोधन गरेको छ । आज आएको आधुुनिक शिक्षाका नाममा सरकार शिक्षा क्षेत्रलाई तहसनहस पार्ने अवस्थामा देखापरेको छ । विभिन्न देशबाट शिक्षाका नाममा आएको रकमका माध्यमबाट विद्यालयीय र विश्वविद्यालयीय शिक्षालाई समाप्त पार्ने अवस्थामा गणतन्त्रपछिको सरकार लागि परेको छ । नेपालको शिक्षा नीति कमजोर छ । विदेशी अनुुदानका माध्यमबाट हामीले हाम्रो शिक्षा नीतिलाई समाप्त पार्न खोजिरहेका छौँ ।
अर्थको अभावका कारण विद्याभूूषण दिन नसक्ने सरकारसित के आस गर्नु हामीले । शिक्षामा देखिएको यो अवस्थाका कारण नै वर्षेनी लाखौं विद्यार्थी अध्ययनका नाममा बाहिरिएका छन् । तिनका बारेमा राज्यले सोचेको खोइ ? शिक्षाका नाममा अर्बाैं लगानी बाहिरिएको त्यसका बारेमा नीति खोइ ? निजी विद्यालयले मनपरी शुुल्क असुुलेर अभिभावकको ढाड भाँचेका छन् त्यसका बारेमा नीति खोइ ? शिक्षाका नाममा भएको व्यापारीकरणमा नियन्त्रण खोइ ? आज गुुरुहरू स्थानीय तहको आदेशलाई अस्वीकार गरेर सडकमा आएका छन् सरकार ! सडकका गुुरुहरूको मागलाई सम्बोधन गरेर असल बाटो अख्तियार गर । गुुुरुहरू पनि आफ्नो जिम्मेवारीलाई कर्तव्य सम्झेर अघि बढ्न आग्रहसहित शान्तिपूूर्ण गुुरुहरूको आन्दोलनमा नैतिक समर्थन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच