खुकुरी प्रहारबाट हत्या गरी फरार प्रतिवादी ३४ बर्षपछि पक्राउ

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । हत्या गरेर फरार रहेका एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३४ बर्ष पछि पक्राउ गरी कानुनी प्रक्रिया सुरु गरेको छ । राईलाई आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका वडा नम्वर ५, का चक्रबहादुर राईलाई हत्या गरी फरार रहेको ३४ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिप राज पाठकले बताउनुभयो । २७ बर्षको उमेरमा चक्रबहादुरले सोही वडाका २६ बर्षिय बद्री कुमार राईलाई घरेलु हतियार खुकुरीले शरीरका बिभिन्न भागमा प्रहार गरी बाँया हात समेत छिनाएर फरार रहेका थिए । बद्रीको उपचारकोक्रममा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको थियो ।

२०४६ साल कार्तिक १७ गते राईले रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई इटहरी उपमहानगरपालिका-२० तरहरामा लुकीछिपी बसेको अवस्थामा असोज ५ गते पक्राउ गरेको प्रहरी प्रमुख पाठकले जानकारी दिनुभयो ।

उनीसँगै हत्यामा संलग्न रहेका अन्य तीन जनाको पनि प्रहरीले खोजी कार्य जारी राखेको छ । २०४६ साल कार्तिक २० गते मुद्धा दर्ता भएको र अनुसन्धान सहित सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेश भएको मुद्धामा २०६० साल जेठ २७ गते निज प्रतिवादीहरुलाई अदालतबाट जन्म कैदको फैसला भएको प्रहरी प्रमुख पाठकले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख पाठकले भन्नुभयो, “जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले लुकेको अवस्थामा सुनसरीबाट प्रतिवादी पक्राउ गरेको छ, यो प्रहरीका लागि सफलता हो ।” समुदायस्तरमा हुने अपराधिक घटनाहरु नियन्त्रण र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी सधै सक्रिया हुने प्रहरी प्रमुख पाठकको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका चक्र बहादुरलाई आइतवार नै जिल्ला अदालतमा उपस्थित गराउने प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?