राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ ।

सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहेको हो ।

शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २०८०) नेपालको सार्वजनिक शिक्षालाई थप धरासायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत हकहित विपरित रहेको भन्दै विद्यालय बन्द गरि बृहत प्रदर्शन गरेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीको नेतृत्वमा ,राहत शिक्षक समिति महासचिव कुमार बजगाई,बाल विकास शिक्षक समिति अध्यक्ष कृष्ण कुमारी थापा , पेन्सन बन्चित शिक्षक समितिका अध्यक्ष अमृत कार्की , महासचिव टीका बहादुर खड्का लगायतले विरोध प्रदर्शन गरेका छन् ।

राहत शिक्षकलाई स्थायित्व गर्नुपर्ने , पेन्सन बन्चित शिक्षकहरु लाई शिक्षा ऐन २०८२ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने , इसिडि शिक्षक स्थायी गर्नुपर्ने सम्पूर्ण शिक्षक– शिक्षिकालाई पेन्सनको व्यवस्था गर्नुपर्ने लागाएतका माग हरु राखि विरोध प्रदशन गरेका छन् ।

माइतीघरदेखि वानेश्वर सम्म र्याली सहित बिरोध प्रदर्शन गरिरहेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?