भाइबरसँग पनि बससेवाको सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अनलाइनबाट बस टिकट सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट पनि काट्न सकिने भएको छ । बससेवा ट्राभल्स र रिकुटेन भाइबरबीच अनलाइन बस टिकट सेवा दिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबरका निर्देशक तोसिहीको ओत्सुकाले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै भाइबरको च्याटबक्समार्फत् नेपालका कुनै पनि गन्तव्यको बस टिकट काट्न सकिने बताइएको छ । बससेवाका प्रमुख कार्यकारी खनालले यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउने विश्वास रहेको बताउनुभएको छ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवाले टुर्स एण्ड ट्राभल्सअन्तर्गत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटमा सेवा प्रदान गर्दै आएको छ भने भारतका नयाँदिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?