अमेरिकी राष्ट्रपतिसँग मिलेको प्रधानमन्त्रीको हात

मणि शर्मा
मणि शर्मा
Read Time = 17 mins

२०४७ सालदेखि यता नेपालको परराष्ट्र नीति ओरालो लाग्न थालेको गणतन्त्र आएपछि यो ध्रुवीय भएको छ । जसरी भए पनि इण्डिया र अमेरिकालाई खुशी राखेर आफ्नो सत्ता लम्ब्याउने वा सत्ता प्राप्ति गर्ने चाहे त्यो नेपालको स्वतन्त्रता तथा सार्वभौमसत्तालाई बन्धकी नै राख्न किन नपरोस् । राजा महेन्द्रले स्थापित गरेको असंलग्न परराष्ट्र नीति अब रहेन, जसकारण नेपाल आज अस्थिर मुलुकमा परिणत भएको छ । सत्ता फेरिएपछि परराष्ट्र नीति नै फेर्ने यहाँको अभ्यास नै भइसकेको छ । अहिले नेपालमा स्वतन्त्र परराष्ट्र नीति नै छैन केबल नेपाललाई चौतर्फी रूपमा कमजोर पारेर आफू सत्तामा टिक्न राष्ट्रहितविपरीत सन्धिसम्झौता गर्ने काम भइरहेको छ ।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण इण्डियाकै गर्नुपर्ने बाध्यता २०४७ सालदेखि सुरु भएको हो जो अहिलेसम्म निरन्तर चलिरहेको छ । किनकि जति आन्दोलनहरू भए तिनको प्रायोजक इण्डिया भएकोले नेताहरूको नालीबेली उनीहरूलाई थाहा हुन्छ । त्यसैले पहिलो विदेश भ्रमण गर्न उनीहरू गौरवबोध गर्छन् र इण्डियन स्वार्थमा सन्धिसम्झौता गर्न उनीहरू बाध्य छन् । इण्डियाबाट अप्ठ्यारो परेका बेलामात्र चीनलाई गुहार्ने नीति अहिलेका शासकवर्गले लिएका छन् । स्वतन्त्र परराष्ट्र नीतिको अभावमा देशका प्रधानमन्त्री जुनसुकै मुलुकको भ्रमण गरे पनि देशलाई फाइदाभन्दा हानी नै हुने बेसी सम्भावना हुन्छ ।

चीनलाई खुसी पार्न दाहालले बिआरआईको कुनै एक दुईवटा योजनाहरू कार्यान्वयन गर्न सम्झौता गर्नसक्ने सम्भावना छ । माओको नामको दल भएकाले माओको मुलुकमा गएर माओप्रति थोरै भए पनि कृतज्ञता दाहालले अवश्यै प्रकट गर्लान् भन्ने अनुमान गर्न सकिन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको महासभा भ्रमण र सम्बोधन उल्लेखनीय भएन । महासभामा प्रधानमन्त्री नै जानुपर्ने कुनै बाध्यता थिएन, त्यहाँ परराष्ट्रमन्त्रीलाई पठाए हुन्थ्यो तर दाहालको उद्देश्य अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेटी नेपालमा एमसिसीको सफल कार्यान्वयनको सुरुवात आफूले गरेको र आगामी दिनहरूमा थप सहयोग गर्ने वचनबद्धता प्रकट गर्ने थियो जसमा उनी सफल भए । त्यहाँबाट चीन भ्रमणमा जाने हुँदा जो वाइडेनको उनको भ्रमणप्रति के विचार, उनले के सोच्छन् त्यो पनि बुझ्नु थियो । जो बाइडेनले दिने आदेशको पालना आफू प्रतिबद्ध हुने प्रतिबद्धता पनि व्यक्त गरेका हुनसक्छन् ।

चीनलाई पनि खुशी पार्न दाहालले बिआरआईको कुनै एक दुईवटा योजनाहरू कार्यान्वयन गर्न सम्झौता गर्न सक्ने सम्भावना छ । माओको नामको दल भएकाले माओको मुलुकमा गएर माओप्रति थोरै भए पनि कृतज्ञता त दाहालले अवश्य नै प्रकट गर्लान् भन्ने अनुमान राख्न सकिन्छ । पञ्चायत कालमा स्वतन्त्र परराष्ट्र नीति नभएका कारण सत्तापिच्छेको प्रधानमन्त्रीहरू माथिको बाहृय दबाब नै परराष्ट्र नीति बन्न गएको छ । जब कि नेपालले चीन र भारतबीच समदूरी राखेर तुलनात्मक तथा अनुभवजन्य विश्लेषण गरी त्रिकोणात्मक सबल कूटनीति अपनाई दुवै छिमेकीबाट अत्यधिक फाइदा लिन सक्छ । अमेरिका हामीबाट धेरै टाढा छ । हामीलाई परेका बेला चाहिने हाम्रा दुई छिमेकी नै हुन् ।

त्यसैले यी दुवैसँग हामी समदूरीमा बसेर समान व्यवहार गर्दै देशको समग्र विकासका लागि देशहितमा हुने गरी बाहृय दबाबविना सहयोग लिनुपर्छ । दुवै छिमेकीलाई सुरक्षाको चासो छ । त्यसैले हामीले दुवैलाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ । यस बारेमा पुष्पकमल दाहालले चिनियाँ समकक्षी र राष्ट्रपतिलाई कसरी आश्वस्त पार्ने हुन् आगामी दिनहरूले भन्नेछ । नेपाल, चीन र भारतबीच गहन धार्मिक तथा सांस्कृतिक सम्बन्ध छ । बौद्ध तथा सनातन धर्म तथा संस्कृतिबीचको सम्बन्धलाई आदानप्रदान गरेर अन्तर्राष्ट्रिय आर्थिक र धार्मिक तथा सांस्कृतिका प्रयोगबाट आर्थिक फाइदा लिन सकिन्छ । धार्मिक तथा सांस्कृतिक पर्यटनलाई महत्व दिएर तीर्थ तथा धर्मस्थलसम्म जाने सडक सुविधा विस्तार गरेर पर्यटन सेवालाई विस्तार गर्न सकिन्छ । यस क्षेत्रमा लगानी गर्न दुवै छिमेकीलाई भन्न सकिन्छ ।

इन्डियाले वीरगञ्जदेखि काठमाडौंसम्म जोड्ने रेलमार्ग बनाइदिने प्रस्ताव राखेको छ । चीनले बिआरआई रेलमार्ग र हिमालपारि जोड्न् सडक सञ्चारले जोड्ने कनेक्टिभिटीलाई महत्व राख्दै २०१९ अक्टुबर १२-१३ तारिखको चिनियाँ राष्ट्रपति सि जिन फिङको भ्रमणताका २० बुँदे सहमति पनि भइसकेको छ । तर, नेपाल अमेरिका र इण्डियाको दबाबको अगाडि झुकेर चीनसँग भएको सहमति कार्यान्वयन गर्न पछि हटेको छ । यो हाम्रो परराष्ट्र नीतिको कमजोरी हो । स्वतन्त्र परराष्ट्र नीति भएको भए यस्तो अवस्था आउने थिएन ।

पृथ्वीनारायण शाहको परराष्ट्र नीतिको पहिलो लक्ष्य थियो टुक्रिएर रहेका बाइसे चौबीसे राज्यहरूलाई एकीकरण गर्नु । उनले युद्धभन्दा वार्ताको माध्यमलाई पहिलो प्राथमिकता दिए । आफ्ना दूतहरूलाई ती राज्यमा पठाएर हामी एक नभए अंग्रेजको हामी दास हुनेछौं भन्ने सन्देश दिए । कूटनीतिले काम नगरेमा सेना प्रयोग गर्नुपर्छ भनेर उनी सेना विस्तार र सबलीकरणतर्फ लागे । वनारसबाट हतियार बनाउन र चलाउन जान्ने तीनजना मुसलमान ल्याएर यहाँ हतियार बनाउन र चलाउन सिकाउन लगाए । उनको अर्को कूटनीति भनेको प्रतिरक्षात्मक लडाइँ थियो । जाई कटक नगर्नु, झिकी कटक गर्नु । उनले शक्तिशालीलाई अहिले नछोऊ पनि भनेका छन् । सानालाई मिलाऊ ठूलालाई नचलाऊ भनेका छन् । नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका छन् ।

मुलुक गरिब भयो भने सुरक्षित रहँदैन भन्ने उनको मान्यता थियो । उनले इण्डियाका बारेमा भनेका थिए चीन बादशाहसित ठूलो घाहा (मित्रता) राख्नु, दक्खिनको समुद्रका बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । यो उपदेश अहिले पनि सत्य छ तर हामीले पृथ्वीनारायण शाहको विचारको अनुकरण गर्नु त टाढाको कुरा उनकै शालिकहरू ढाल्यौं । आज नेपाल कति कमजोर र गरिब भएको छ हामीले देखि भोगिरहेका छौं ।

हामीले हाम्रो परराष्ट्र नीति बनाउँदा पृथ्वीनारायण शाह र चाणक्यलाई आफ्नो आदर्श मान्नुपर्छ । चाणक्यले विदेश नीतिसम्बन्धी छवटा सूत्र बताएका छन् । आफ्नो नीति त अपनाऊ तर शत्रुको युद्ध नीतिलाई पनि बुझ्नु त्यत्तिकै जरुरी छ । युद्धमा आफ्नो शत्रुले झैं सोच्नु पनि आवश्यकता छ । जुन पनि नीति छ त्यसलाई गोप्य राख । त्यसलाई केही आफ्नो विश्वासपात्र सहयोगीहरूलाई मात्र बताऊ । राम्राका लागि सोच तर नराम्रोभन्दा नराम्रोका लागि पनि उद्यत् रह । चाणक्यले भनेका छन्, शत्रुहरूलाई जहाँबाट आर्थिक, सामाजिक, मानसिक र शारीरिक शक्ति प्राप्त हुन्छ त्यो स्रोतलाई शत्रुसँग पुग्नुभन्दा पहिल्यै समाप्त पारिदेऊ ।

पृथ्वीनारायण शाह र चाणक्यको विदेश नीति र श्रीकृष्णको नीतिलाई आधार मानेर हामीले हाम्रो परराष्ट्र नीति बनाउन सक्छौं तर हाम्रा शासक वर्गबाट एउटा सफल परराष्ट्र नीति बनाउने काम हुने आस गर्न सकिँदैन । 

चाणक्यको विदेश नीतिसम्बन्धी छवटा नीति शान्तिलाई बनाइराख्न समतुल्य अथवा आफूभन्दा बढी शक्तिशाली राजासँग सन्धि गर्न सकिन्छ । आत्मरक्षाको दृष्टिले शत्रुसँग पनि सन्धि गर्न सकिन्छ तर यसको लक्ष्य कालान्तरमा शत्रुलाई निर्बल बनाउनु हुनुपर्छ । दुई, विग्रह अथवा शत्रुविरुद्ध युद्धको निर्माण । ऋण, रोग र शत्रुलाई समयमै समाप्त गर्नु पर्दछ । तीन, यान अर्थात् युद्धको घोषणा नगरीकन युद्धको तयारी गर्नुपर्दछ । शक्तिशाली राष्ट्रको कामनाका लागि राजा शक्तिशाली हुनुपर्छ, तबमात्र राष्ट्रले उन्नति गर्छ । राजाको शक्तिको मुख्य तीन स्रोत छन्, मानसिक, शारीरिक र आध्यात्मिक ।

मानसिक शक्तिले सही निर्णय गर्न प्रेरित गर्छ, शारीरिक शक्तिले युद्धमा बरियता प्रदान गर्छ र आध्यात्मिक शक्तिले ऊर्जा दिन्छ, प्रजा हितमा काम गर्ने पे्ररणा दिन्छ । कमजोर र विलासी प्रवृत्तिको राजा शक्तिशाली राजाहरूबाट डराउँछ । चौथौ, आसन वा तटस्थताको नीति । दुई शक्तिशाली राष्ट्रको लडाइँमा आफू फस्नु हुँदैन । पाँचौं, संश्रय अर्थात् आत्मरक्षाको दृष्टिले राजाद्वारा अन्य राजाको शरणमा जानु । कुनै देशले हामीमाथि आक्रमण ग¥यो र हामी त्यो देशसँग लड्न असमर्थ छौं भने अर्को शक्तिशाली देश जो आक्रमणकारी देशको पनि शत्रु हो त्यसको शरणमा जानुपर्छ र ऊसँग मिलेर शत्रुसँग लड्नुपर्छ ।

छैटौं, द्वदी भाव अर्थात् एउटा राजासँग सन्धि गरेर अर्को राजासँग लड्नु । कुनै देशले हाम्रो स्वतन्त्रता तथा सार्वभौमसत्तामाथि आक्रमण गर्छ तर हामी ऊसँग लड्न सक्दैनौं भने उसको शत्रुराष्ट्रसँग मित्रता गाँसेर ऊ विरुद्ध लड्नुपर्छ । उनले यसमा थप राखेका छन्, राष्ट्रको विदेश नीति साम, दाम, दण्ड र भेदमा आधारित हुनुपर्छ । यसमा हामी श्रीकृष्णका दशवटा नीतिहरू पनि परराष्ट्र नीतिको आधारको रूपमा लिन सक्छौं । यो स्पष्ट हुनुपर्छ । को कतातिर छ, को राष्ट्र तथा धर्मको पक्षमा छ को यसको विपक्षमा थाहा पाउनुपर्छ र जहिले पनि राष्ट्र तथा धर्मको पक्षमा लाग्नुपर्छ ।

सन्धिसम्झौता स्थायी हुँदैनन् । यदि राष्ट्र, धर्म तथा सत्यको अहित हुन्छ भने त्यस्तो सन्धिसम्झौता तोड्नुपर्छ । शक्तिशालीसँग कूटनीतिले काम लिनुपर्छ । भूगोल र संख्या होइन कि साहस र सही समय आवश्यक हुन्छ । प्रत्येक सेनाको हौसला बढाउन उसलाई राजा सम्झिनुपर्छ । अधर्मीलाई मार्दा सोच्नु हुँदैन, निष्पक्ष र तटस्थमा विश्वास नगर्नु । तिनीहरू जुनसुकै बेला शत्रुसँग मिल्न सक्छन् । युद्धमा जोशमा ज्ञान जरुरी हुन्छ । युद्धमा योजना जरुरी हुन्छ । भयलाई जित्न जरुरी छ । अहिलेको सन्दर्भमा यसलाई कूटनीतिक रूपमा ग्रहण गर्नुपर्छ । कूटनीति पनि एउटा ठूलो युद्ध हो । सफल कूटनीतिले ठूलै युद्ध जितिन्छ ।

पृथ्वीनारायण शाह र चाणक्यको विदेश नीति र श्रीकृष्णको नीतिलाई आधार मानेर हामीले हाम्रो परराष्ट्र नीति बनाउँन सक्छौं तर हाम्रा शासक वर्गबाट एउटा सफल परराष्ट्र नीति बनाउने काम हुने आस गर्न सकिँदैन । त्यसैले हाम्रा प्रधानमन्त्रीहरूको विदेश भ्रमण जहिले पनि असफल हुँदै आएको छ । यो देश र जनता तथा हाम्रो स्वतन्त्रता तथा सार्वभौमसत्ताको विरुद्धमा भइरहेको छ । हाम्रा प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जाँदा विशेष गरी इण्डिया र अमेरिका अब हामीले के गुमाउने भयौं भनेर नेपालीसँग त्रसित हुन्छन् ।

अहिले पुष्पकमल दाहालको अमेरिका भ्रमणको मुख्य उद्देश्य जो बाइडेनसँग भेटेर हात मिलाउन पाउनु नै थियो, उनीबाट आदेश लिनुमात्र थियो र चीन भ्रमण चीनलाई उसको स्वतन्त्रतामा आँच आउन नदिने भनेर थुम्थुम्याउने हो । बिआरआईप्रति चीन गएर उनले कति न्याय गर्नेछन् त्यसैले उनको चीन भ्रमणको मूल्यांकन हुनेछ । कालापानी, लिम्पियाधुरा र लिपुलेकको सन्दर्भमा उनी बोल्छन् वा चुप लाग्छन् यसले पनि उनको राष्ट्रियताको अनुहार झल्किनेछ । स्वतन्त्र परराष्ट्र नीति नभएको मुलुकको प्रधानमन्त्रीको विदेश भ्रमण कदापि राष्ट्रको हितमा हुँदैन र यो असफल नै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता