जीर्ण बन्दै बैतडीको झुलाघाट पुल, प्रधानमन्त्रीका प्रतिवद्धता आश्वासनमै सीमित

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको झुलाघाटस्थित नेपाल–भारत सिमानदी महाकालीको झोलुंगे पुल जीर्ण बन्दै गएको छ । इष्ट इन्डिया कम्पनीले झन्डै डेढ सय वर्षअघि निर्माण गरेको उक्त पुल जीर्ण बन्दै गएको हो । पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जीर्ण पुलको मर्मतको लागि भारतको पिथौरागढबाट प्राविधिक टोली नपुगेकाले मर्मत कार्य रोकिएको बताउनुभयो । पुलको मर्मत कार्यका प्राविधिक टोली नपुगेपछि झुलाघाट नाकाबाट आवागमन सुरु भएको उहाँले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रशासनले मंगलबार बिहान एक सूचना जारी गर्दै बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजे देखि पुनः ४ः१५ बजेसम्म आवागमन बन्द हुने जनाएको थियो ।

भारतको पिडब्लुडी कार्यालय मार्फत पुलको मर्मत कार्य हुने गरेको छ । पुल मर्मतको लागि नियमित काम गरे पनि झन्डै एक हप्ता सम्म लाग्ने प्रजिअ पन्थीको भनाई छ ।

पुल जीर्ण बन्दै गएकाले बेलाबेलामा मर्मत कार्य हुँदै आएको छ । भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि उक्त पुलको मर्मत गरिएको थियो । तत्कालका लागि काम चलाउ रूपले पुरानो काठको पुल मर्मत गरिएपनि यात्राको जोखिम भने कायमै रहेको छ ।
यस पुलमा दैनिक सयौँ मानिसहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । उक्त पुलमा काम विशेषले नेपाल–भारत आउजाउ गर्ने व्यक्ति तथा भारतीय बजारबाट व्यापारका लागि ल्याइएका सामानका गह्रुङ्गा भारी बोकेर भरियाहरू यात्रा गर्दछन् ।

झुलाघाटमा पक्की पुल निर्माण गर्ने कुरा भने चुनावी एजेन्डा मै सीमित हुने गरेको छ । गत मङ्सिरमा सम्पन्न भएको संघीय तथा प्रदेशसभाको निर्वाचन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्की पुल बनाउने आश्वासन दिनुभएको थियो ।

गत जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच मोटरवेल पुल निर्माणका लागि समझदारी भएको थियो । भारत सरकारसँग पुल बनाउने सहमत भएको भनिएपनि पुल बनाउने सुरसार भने केही देखिएको छैन ।

झुलाघाट नाका सुदूरपश्चिमका पहाडी जिल्लाहरूको प्रमुख नाकाका रुपमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?