आयोजक ग्रिनल्याण्डलाई बास्केटबल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक ग्रिनल्याण्ड स्कुलले १७औँ क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ उपाधि जित्न सफल भएको छ । आयोजककै आफ्नै कोर्टमा भएको प्रतियोगितामा ग्रिनल्याण्डले प्रविन गुरुङको ३० अंक मद्दतले भ्याली पब्लिकलाई ८३-७२ अंकले पराजित गर्दै उपाधि जितेको हो ।

सिनियर गल्र्सतर्फको प्रतिस्पर्धामा भ्याली पब्लिकले उपाधि उचाल्यो । भ्यालीले सत्य साईलाई ३५-१५ अंकले पराजित गर्दै उपाधि कब्जा गरेको हो । भ्यालीको जितमा लोरिश गौचनको २२ अंकको योगदान रहृयो ।

यस्तै, जुनियर ब्वाइजतर्फ गोल्डेन पिकले एन्जल हर्टलाई २१-१७ ले पराजित गर्दै उपाधि उचालेको हो । गोल्डेनको जितमा पासाङ शेर्पाले ११ अंकको योगदान गर्नुभयो । प्रतियोगिताको मोष्ट भ्यालुएबल खेलाडीमा सिनियर ब्वाइजतर्फ ग्रिनल्याण्ड हाईस्कुलका सुरेश डिसी, सिनियर गल्र्सतर्फ भ्याली पब्लिककी एञ्जल गुप्ता र जुनियर ब्वाइजतर्फ गोल्डेन पिकका निङ्मा शेर्पा घोषित हुनुभयो ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका शिक्षा विभाग प्रमुख बाबुराम गौतम, ग्रिनल्याण्ड हाईस्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङ, सहायक प्रिन्सिपल विनोद घिमिरेलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २८, गल्र्सतर्फ २४ र जुनियरतर्फ १६ स्कुलको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?