तम्घासमा आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनार सञ्चालन हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनार सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको इन्द्रेणी पार्टी प्यालेसमा यही असोज २० गते आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनार सञ्चालन हुने भएको पत्रकार सम्मेलनमार्फत जिल्ला आईटीएफ तेक्वान्दो संघले जनाएको हो ।

आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनारले नयाँ टेक्निकल विधिबाट तेक्वान्दो खेल्नको लागि सहयोग पुग्ने अपेक्षा गरिएको संघका उपाध्यक्ष अजय बुढा मगरले बताउनुभयो । सो सेमिनारमा आईटीएफ तेक्वान्दो संघका नवनिर्वाचित केन्द्रीय महासचिव घमबहादुर थापा मगर आउनु हुने भएको छ । उहाँले तेक्वान्दोको नयाँ टेक्निकल विधिहरू सिकाउनु हुनेछ ।

सेमिनारमा दुई सय तेक्वान्दो खेलाडीहरू सहभागी हुने आईटीएफ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले जानकारी दिनुभयो । आईटीएफ तेक्वान्दो संघ गुल्मीले यसअघि तेक्वान्दो खेलहरू खेलाउने र राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका खेलमा खेलाडीलाई सहभागी गराउन सहयोग पुर्‍याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?