काठमाडौं । एनआइएमबी एस क्यापिटलले सचिन्द्र ढुंगानालाई महाप्रबन्धकमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नुहुनेछ । कम्पनीका अनुसार द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढ्नुभएका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आउनुभएको छ । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उहाँले आफ्नो योग्यता अझ बलियो बनाउनुभएको छ ।
लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवका साथ ढुंगानाको यो निर्णायक भूमिकासम्मको यात्रा महŒवपूर्ण उपलब्धिहरूद्वारा अंकित छ । उहाँले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरका रूपमा छ वर्षभन्दा बढी समय बिताउनुभएको थियो भने १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्समा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखका रूपमा काम गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच