राहत शिक्षकको आन्दोलनमाथि प्रहरी हस्तक्षेप (तस्वीर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

गत शनिबारदेखि थप आन्दोलित बनेको राहतका शिक्षकहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रहरी र शिक्षकहरुबीच ठेलमठेल भएको छ ।

सरकारले गत शुक्रबार आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघसँग आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे सहमति भएको थियो ।तर उक्त सहमतिमा राहतको शिक्षकहरुको माग सम्बोधन नभएपछि उनीहरुले आन्दोलन जारी राखेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?