काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गर्नुभएकाे छ । बुधबार राति प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा अध्यक्ष लिङ्देन दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
उहाँका अनुसार अध्यक्ष लिङ्देन कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
अध्यक्ष लिङ्देनले आफ्नो अनुपस्थितिमा नियमित कार्य सञ्चालनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।
उहाँका अनुसार लिङ्देन १३ असोजमा स्वदेश फर्किनुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच