निष्प्रभावी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्धत पुर्‍याउने उद्देश्यले लागू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी बन्दै गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार प्राप्त गर्नेको संख्या घट्दै जानु यसको संकेत हो । स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पुँजी निर्माणगरी स्थानीय जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राखी २०७६ बाट सुरु भएको यो कार्यक्रम आर्थिक वर्ष २०७९/०८० मा दाङमा एक हजार १९८ जनाले रोजगार प्राप्त गरेका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार ६२६ जनाले रोजगार प्राप्त गरेका थिए भने आर्थिक वर्ष ०७७/०७८ मा दुई हजार १६५ जनाले रोजगार प्राप्त गरेका थिए । दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका छन् ।

आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्नु यसको प्रमुख लक्ष्य हो । कार्यक्रमले लक्ष्य भेट्न सके कामका लागि पारिश्रमिकमार्फत् गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउन यो कार्यक्रम बलियो सहयोगी बन्ने लक्ष्य सरकारको छ । तर यस कार्यक्रममा सरकारले अपेक्षा गरेअनुसार नागरिकको सहभागिता हुन सकेको छैन ।
भने अनुसार काम नपाउने र अन्य स्थानमा काम गर्दा बढी पारिश्रमिक हुने भएकोले यो कार्यक्रम निष्प्रभावी बन्दै गएको हुनसक्ने जानकारहरू बताउँछन् । यो कार्यक्रमको कार्यविधिअनुसार ७० प्रतिशत ज्यालामा, एक प्रतिशत प्राविधिक खर्च, २५ प्रतिशत निर्माण सामग्री खर्च, दुई प्रतिशत औजार खर्च र २ प्रतिशत सुरक्षा सामग्रीमा खर्च तोकिएको छ ।

बंगलाचुली गाउँपालिकामा आर्थिक वर्ष ०७९/०८० मा सूचीकृत गराएका ६०३ जना मध्य १७ वटा आयोजनामा ८२ जनाले रोजगार प्राप्त गरेको देखिन्छ । त्यसैगरी, घोराही उपमहानगर पालिकामा सूचीकृत गराएका ७७३ जनामध्ये ३४ वटा आयोजनामा १४८ जनाले रोजगार प्राप्त गरेका गरेको तथ्यांकमा देखिन्छ । उता तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत गराएका ६५३ जनामध्ये सातवटा आयोजनामा ६७ जनाले रोजगार प्राप्त गरे । त्यसैगरी, शान्तिनगर गाउँपालिकामा सूचीकृत गराएका ६६९ जनामध्ये १२ वटा आयोजनामा ८१ जनाले रोजगार प्राप्त गरेको सकारी तथ्यांक छ । बबई गाउँपालिकामा सूचीकृत गराएका एक हजार १६५ जनामध्ये आठवटा आयोजनामा १०९ जनाले रोजगारी प्राप्त गरे भेन दंगीशरण गाउँपालिकामा सूचीकृत गराएका १५७ जनामध्ये नौवटा आयोजनामा ५१ जनाले रोजगारी प्राप्त गरे ।

लमही नगरपालिकामा सूचीकृत गराएका ४४६ जनामध्ये पाँचवटा आयोजनामा ८७ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ । त्यस्तै, राप्ती गाउँपालिकामा सूचीकृत गराएका ५९३ जनामध्ये १० वटा आयोजनामा ९८ जनाले रोजगारी प्राप्त गरे भने गढवा गाउँपालिकामा सूचीकृत गराएका एकहजार १७ जनामध्ये २३ वटा आयोजनामा ३७१ जनाले रोजगारी प्राप्त गरेका छन् । यस्तै, राजपुर गाउँपालिकामा रोजगारीको लागि सूचीकृत गराएका ९७२ जनामध्ये १० आयोजनामा १०४ जनाले रोजगार प्राप्त गरेको सरकारी तथ्यांक छ ।

आर्थिक वर्ष ०७८/०७९ मा बंगलाचुली गाउँपालिकामा १५४ जना, घोराही उपमहानगरपालिकामा १५६ जना, तुलसीपुर उपमहानगरपालिकामा ३०१ जना, शान्तिनगर गाउँपालिकामा १२५ जान, बबई गाउँपालिकामा १७५ जनाले रोजगार प्राप्त गरेका थिए । यसैगरी, दंगीशरण गाउँपालिकामा ६० जना, लमही नगरपालिकामा १०१ जना, राप्ती गाउँपालिकामा ८२ जना, गढवा गाउँपालिकामा ४०३ जना र राजपुर गाउँपालिकामा ६९ जनाले रोजगार प्राप्त गरेका थिए ।

आर्थिक वर्ष ०७७/०७८ मा बंगलाचुली गाउँपालिकामा ३६४ जना, घोराही उपमहानगरपालिकामा ३२६ जना, तुलसीपुर उपमहानगरपालिकामा १७४ जना, शान्तिनगर गाउँपालिकामा २०८ जना, बबई गाउँपालिकामा १७३ जनाले रोजगार प्राप्त गरेका थिए । यस्तै, दंगीशरण गाउँपालिकामा १८ जना, लमही नगरपालिकामा २७८ जना, राप्ती गाउँपालिकामा १८९ जना, गढवा गाउँपालिकामा २६३ जना र राजपुर गाउँपालिकामा १७२ जनाले रोजगार प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?