काठमाडौं । जोय मिस एण्ड मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२३का प्रतियोगीले आ-आफ्नो कल्चर प्रदर्शन गरेका छन् । इन्द्रजात्राको अवसर पारेर आयोजित प्रतियोगिताको ‘कल्चर शो सेगमेन्ट’ अन्तर्गत उनीहरूले अनौठो र जीवनशैलीसँग जोडिएका कल्चर सामग्री प्रदर्शन गरेका हुन् ।
प्रतियोगितामा विभिन्न समुदायका १२ प्रतियोगी छन् । ती प्रतियोगीलाई एक अर्काको कलासंस्कृति र संस्कारको जानकारी गराउने उद्देश्यले कल्चर शो आयोजना गरिएको ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले बताउनुभयो ।
नक्साल स्थित एटिक भेन्युमा आयोजित कल्चर शोमा सेलिब्रेटी, पूर्वमिस एण्ड मिसेज हेरिटेज, प्रतियोगीका अभिभावकलेको सहभागिता थियो । प्रतियोगीको अन्तिम स्पर्धा अगामी शुक्रबार आयोजना हुँदैछ । प्रतियोगी विभिन्न प्रशिक्षणसहित फाइनल स्पर्धामा उत्रिने आयोजक ग्रीन आर्ट मिडियाका सिइयो प्रवीन लाकौलले जानकारी गराउनुभयो ।
प्रतियोगिताका विजेता ‘मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’ दुवैले इप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।
हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता हो ।
सन् २०१६ देखि नियमित नेपालको सहभागिता रहँदै आएको प्रतियोगितामा गतवर्ष (२०२२)मा परिन्दा परी श्रेष्ठले मिसेस हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा प्रतिनिधित्व गर्नुभएको थियो । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच