एशियाली पुरुष क्रिकेट : भोलि बिहानै नेपालको खेल भारतसित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ ।

सोमबार भएको क्वाटरफाइनल 'लक्की ड्र' अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको 'लक्की ड्र' निकाल्दा भारतको चिट निकालेका हुन् ।

खेल नेपाली समय अनुसार मंगलबार बिहान पौने ७ बजे सुरु हुने छ ।

नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । क्वाटरफाइनलमा नेपाल र भारतबीच मङ्गलबार बिहान प्रतिस्पर्धा हुने भएको छ ।

अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो ।

एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गर्दै कीर्तिमानीको वर्षा गरेको थियो ।

जसमा कुशल मल्लले सबैभन्दा छिटो शतक र दीपेन्द्र सिंह ऐरीले सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

यस्तै नेपालले टी-२०आईमा एकै खेलमा सर्वाधिक ३१४ रनको स्कोर बनाएको थियो भने अहिलेसम्मकै फराकिलो जित–हार अन्तरको कीर्तिमानी पनि बनाएको थियो ।

मंगोलियाले भने नेपाल विरुद्धको खेलबाटै टी–२०आईमा डेब्यु गरेको थियो ।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टर फाइनलमा पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?