साहित्यकार पुडासैनीलाई ‘यानीति साहित्य पुरस्कार’

हिमालय टाइम्स
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा साहित्य प्रतिष्ठानले साहित्यकार डा.दामोदर पुडासैनी ‘किशोर’लाई ‘यानीति साहित्य पुरस्कार’ समर्पण गरेको छ । स्याङ्जा पुतलीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा.गोविन्दराज भट्टराईले पुडासैनीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा पुडासैनीलाई दोसल्ला ओढाई, नगद राशिसहित पुरस्कार प्रदान गरिएको थियो ।

प्राडा.भट्टराईले पुडासैनीजस्ता ऊर्जावान र स्वच्छ छविका लेखकलाई पुरस्कार प्रदान गर्दा पुरस्कार र संस्थाको गरिमा बढेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले साहित्य प्रतिष्ठानले आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष ढंगबाट पात्र छनोट गरेको सुनाउनुभयो । डा.पुडासैनीले पुरस्कारले रासायनिक मललेजस्तै काम गर्ने धारणा राख्नुभयो ।

यानीति पुरस्कार स्याङ्जाका समाजसेवी यादव गिरी, उहाँका पत्नीहरू नीलकण्ठ गिरी र तिलकुमारी गिरीका नाममा उहाँका पुत्रहरू तुलसी गिरी, कृष्ण गिरी र विश्वेश्वर गिरीले स्थापना गर्नुभएको हो ।

कार्यक्रममा प्रमोद पंगेनीद्वारा सम्पादित ‘द्रष्टाका दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी’, पूर्णप्रसाद अधिकारीद्वारा लिखित ‘अनुरञ्जन आफैंभित्र’ र चिन्तु गिरीद्वारा लिखित ‘आमा जन्मेको देश’लगायत पुस्तकको विमोचन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?