डा.अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह प्रदान गरिने आयोजकले जनाएको छ । सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

यसैगरी गुठीले लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा.गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एघार हजार राशिसहित सम्मानपत्र र स्मृति चिन्ह प्रदान गरिने बताइएको छ । सो निर्णय संवाद सञ्जाल परिवार चयन समितिको सिफारिशमा गरिएको हो ।

सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा रहनुभएको छ । यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार प्राडा.गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार जीवन नामदुङलाई अर्पण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?