काठमाडौं । चलचित्र ‘बालापन’को राजधानीमा प्रिमियर गरिएको छ । राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती प्रमुख अतिथि रहनुभएको थियो । मन्त्री किरातीले चलचित्र समाजमा देखिएको कुरालाई चित्रण गरेको बताउनुभयो । उहाँले आर्थिक विकासका लागि चलचित्र मेरुदण्ड रहेकाले चलचित्रको विकासमा सरकारको चासो रहिरहेको बताउनुभयो ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले चलचित्रले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औंल्याउनुभयो । ‘चलचित्रलाई शुभकामनाले मात्र हुँदैन । चलचित्र भित्र चाहिने हरेक कुरा हुनुपर्छ । चलचित्र क्षेत्रमा नयाँ मान्छे आएनन् भने चलचित्र क्षेत्र चलायमान हुँदैन’, उहाँले भन्नुभयो ।
चलचित्रका निर्माता हट मिलन राईले आफू यस क्षेत्रका लागि विल्कुलै नयाँ रहेको छु । हाम्रा धेरै कमी कमजोरी हुन सक्छन् । चलचित्र विशुद्ध समाजसेवा, दिनदुःखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताउनुभयो । ‘हामी नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके, हङकङ, युएईलगायत देशहरूमा चलचित्रको प्रिमियर गर्दैछौं’, उहाँले भन्नुभयो ।
शिव आर जीको निर्देशन रहेको चलचित्रमा सविन श्रेष्ठ, प्रियंका कार्की, धीरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायत कलाकारको अभिनय छ ।
एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह–निर्माता हुनुहुन्छ । चलचित्रमा रामकृष्ण खरेलको छायांकन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच