क्रिकेटमा भारतसँग पराजित भए पछि एमाले अध्यक्ष ओलीले भने ‘हाम्रो प्रतिस्पर्धा क्षमता बढेको छ’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेटरले खेलेको खेल प्रति सन्तुष्ट ब्यक्त गर्नुभएकाे छ ।

एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी-२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भए पछि ओलीले एकदिन जीत हुनेमा आशावादी हुनु पर्ने बताउनुभएकाे हाे ।

‘मात्र २३ रनको फरक, हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ ओलीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।’

चीनको हाङजाउमा मंगलबार बिहान भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुदैँ बाहिरिए पछि ओलीको सो प्रतिक्रिया आएको हो ।

भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९-२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडिले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित हुन पुग्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिन सफल भएका थिए ।

यो हारसँग नेपाल प्रतियोगिताबाट नै बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?