काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाउनु भएको छ।
मुलुकको अर्थतन्त्र धरासयी बन्दै गएको र बैंकहरुसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा पनि प्रचण्ड सरकार गम्भिर नभएको ओलीको आरोप छ ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र धरासयी हुदाँ पनि बर्तमान सरकारले कुनै बिजनेस प्लान बनाउन नसकेकोसमेत जनाउनु भयो। ‘अर्थतन्त्र धरासयी भईसकेको छ, सरकार बैंकहरुसँग ऋण मागेर कर्मचारीलाइ तलब खुबाउने अवस्थामा छ, असोज फेरी बैंकसँग तलब खुवाउन ऋणा माग्दैछ तर कुनै गम्भिर भएको छैन, इतिहासका यति निकम्मा सरकार अहिलेसम्म बनेको थिएन, यो सरकारसँग कुनै बिजनेस प्लान छैन ।’
सरकार रेमिटयान्सको आम्दानी देखाएर मख्ख परेको तर उत्पादन बढाउनका लागि कुनै ‘बिजनेस प्लान’ बनाउन नसकेको पनि उहाँको भनाई छ ।
‘यो सरकार देशलाई टाट पल्टाउन लागेको छ, अर्थतन्त्र धरासयी हुदाँ पनि अलिकति पनि गम्भिर छैन्,’ उहाँले भन्नुभयो, ‘यो सरकारले अर्थतन्त्र ह्यान्डल गर्न सक्दैन, यो निकम्मा भईसक्यो ।ु
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच