यस्तो छ तपाईंको असोज १७ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज १७ गते बुधबार, ई.सं. ४ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष पञ्चमी, नक्षत्र- रोहिणी, योग- सिद्धि, करण- तैतिल, चन्द्रराशि- वृष, सूर्योदय ५ः५८ सूर्यास्तः १७ः४५ ।

मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

सिंह : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ

कन्या : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ

धनु : स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?